दार्जिलिङ जिल्ला भाजपा अल्पसंख्यक उपाध्यक्ष सराफद अलि अनि महासचिव तनजील अहमद तृणमूल काँग्रेसमा सामेल

IMG-20240319-WA0196.jpg

खरसाङ: दार्जिलिङ जिल्ला भाजपा अल्पसंख्यक उपाध्यक्ष सराफद अलि अनि महासचिव तनजील अहमद भाजपा पार्टी त्यागेर तृणमूल काँग्रेसमा सामेल भएका छन्। दुवैले आज खरसाङमा एक पत्रकार सम्मेलन बोलाएर झूटो आशा देखाएर जनतालाई लटाउने काम मात्र गरिरहेको अनि सहुलियतको नाममा जुमलाबाजी मात्र गरेर जनता लटाउने काम गरिरहेको छ दुवैले आरोप लगाएका छन्। उनीहरूले यस्तो झूटो सपना देखाउने पार्टीले जनताको कुनै काम गर्न सक्दैन् भन्दै आफुहरू भाजपालाई त्यागेर तृणमूल काँग्रेसमा सामेल भएको हो बताएका छन्। दुवैले चाढै खरसाङमा अल्पसंख्यकहरूको कमिटी बनाउने र तृणमुल काँग्रेस दार्जिलिङ अध्यक्ष शान्ता छेत्री अनि मुख्यमन्त्री ममता ब्यानर्जीको छत्र छाँयामा बसेर काम गर्ने बताएका छन्। यस क्रममा सराफद अली अनि तनजील अहमदले खरसाङमा पत्रकारहरूलाई सम्बोधन गर्दै भाजपा छोड्नुको कारण बताएका छन्। ईमरण रहोस भाजपा पार्टी त्यागेर तृणमूल काँग्रेसमा सामेल भएपछि सराफद अलिलाई दार्जिलिङ जिल्ला माईनरेटी कमिटी उपाध्यक्ष अनि तनजील अहमदलाई दार्जिलिङ जिल्ला युथ उपाध्यक्षमा नियुक्ति गरिएको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *