जेसन बेहरनडर्फको स्थानमा मुम्बई इण्डियन्समा आए वुड

IMG-20240319-WA0174.jpg

मुम्बई: पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले अष्ट्रेलियाका चोटग्रस्त पेस बलर जेसन बेहरनडर्फको स्थानमा ईंग्ल्याण्डका देब्रे हातका पेस बलर ल्यूक वुडलाई आफ्नो टीममा सामेल गऱ्यो। इण्डियन प्रीमियर लीग (आईपीएल)-को बयान अनुसार, वुड ५० लाख रुपियाँको मूल्यमा मुम्बई इण्डियन्समा सामेल हुनेछन्। आईपीएलको बयानमा भनिएको छ, मुम्बई इण्डियन्सले आउँदो इण्डियन प्रीमियर लीगको निम्ति चोटग्रस्त जेसन बेहरनडर्फको स्थानमा ल्यूक वुडलाई टीममा सामेल गरेको छ। वुडले ईंग्ल्याण्डको तर्फबाट ५ वटा टी२० र २ वटा वनडे इण्टरनेशनल म्याच खेलेका छन्। दक्षिण अफ्रिकाका पेस बलर गेराल्ड कोएत्जी पनि चोटमुक्त हुने प्रक्रियामा रहेका छन् अनि उनी मुम्बई इण्डियन्सको पहिलो केही म्याचहरूमा उपलब्ध रहनेछैनन्। मुम्बईका अन्य पेस बलरहरूमा जसप्रीत बुमराह, आकाश मेधवाल, नुवान तुषारा र अर्जुन तेन्दुलकर सामेल छन् जबकि नयाँ कप्तान हार्दिक पाण्ड्याले उनी यस टी२० लीगमा बलिंगको निम्ति उपलब्ध रहने पुष्टि गरेका छन्। टीममा सीम बलिंग अलराउण्डरको रूपमा रोमारियो शेफर्ड पनि रहेका छन्। यसबीच दुईवटा सर्जरीपछि पुनर्वास प्रक्रियामा रहने स्टार ब्याटर सूर्यकुमार यादवले पनि गुजरात टाइटन्स विरुद्ध टीमको शुरुवाती म्याच खेल्न नसके तय छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *