दार्जीलिङ सरकारी महाविद्यालयमा युवा सम्वाद: भारत@२०४७ कार्यक्रम

IMG-20240319-WA0175.jpg

दार्जीलिङ: रिजनल डाइरेक्टरेट अफ एनएसएस
कोलकाताको निर्देशनमा अनि दार्जिलिङ सरकारी महाविद्यालय एनएसएस युनिटको तत्त्वाधानमा युवा सम्वाद: भारत@२०४७ को भव्य कार्यक्रम सम्पन्न भयो जसमा पहाडका १० महाविद्यालय क्रमशः दार्जीलिङ सरकारी महाविद्यालय, सन्त जोसेफ महाविद्यालय, गोरूबथान महाविद्यालय, साउथफिल्ड महाविद्यालय, खरसाङ महाविद्यालय, सोनादा महाविद्यालय, मिरिक महाविद्यालय, बिजनबारी महाविद्यालय, कालेबुङ महाविद्यालय, पेदोङ महाविद्यालयले अंश ग्रहण गरेका थिए। उक्त महाविद्यालयका ३२ एनएसएसका स्वयम् सेवक विद्यार्थी सदस्यहरूले पञ्चप्रणका पाँच निर्धारित शीर्षकमा आ-आफ्ना वक्तृता प्रस्तुत गरे। उक्त सम्वाद प्रतियोगितामा दार्जीलिङ सरकारी महाविद्यालयका दुइ छात्रा क्रमशः श्रुति शर्मा अनि मन्दिरा रावत प्रथम अनि दोस्रो भए भने गोरूवथान महाविद्यालयकी छात्रा रोमिला तामाङले तेस्रो स्थान प्राप्त गर्न सफल भइन्।
उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा दार्जीलिङका डिएफओ श्री कार्तिकेयन एम. उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा उत्तर बङ्ग विश्व विद्यालयका एनएसएस संयोजक डा. सुदास लामा, दार्जीलिङ सरकारी महाविद्यालयका भारप्राप्त प्राचार्य डा. प्रज्जवल चन्द्र लामा, दार्जीलिङ सरकारी महाविद्यालयकी नेपाली विभागाध्यक्षा अनि दार्जीलिङ हिल विश्वविद्यालयकी भारप्राप्त रेजिस्टार डा. सुजातारानी राई, पेदोङ महाविद्यालयका भारप्राप्त प्राचार्य श्री नवीन पौड्याल, शिक्षक परिषदका महासचिव अनि प्राणी विभागका प्राध्यापक डा. रूजस योन्ले अनि स्रोत व्यक्तिको रूपमा गोरूवथान महाविद्यालयका वनस्पति विभागका प्राध्यापक डा. रितेश विश्व उपस्थित थिए। प्रतियोगितामा निर्णायकगणको रूपमा श्रीमती अनुराधा राई, एडीएफओ, दार्जीलिङ, डा. दिवास्कर छेत्री , निर्देशक, दार्जीलिङ दर्शिका एडुकेशनल सोसाइटी, दालाखि शेर्पा, एसिस्टेन्ट इन्सपेक्टर अफ स्कूल, दार्जीलिङ अनि मस्किरा फरिदी, निर्देशक, इस्टर्न हिमालयन फाउन्डेसन उपस्थित थिए। प्रतियोगितामामा मध्यस्थको भूमिका दार्जीलिङ सरकारी महाविद्यालयका प्राणी विभागका प्राध्यापक श्री युवराज गुरूङले निभाएका थिए।
कार्यक्रम दार्जीलिङ सरकारी महाविद्यालयका एनएसएस युनिटका संयोजक डा. सोनाम लामाको स्वागत वक्तव्यबाट आरम्भ भएको थियो भने दार्जीलिङ सरकारी महाविद्यालयका प्राचार्य डा. प्रज्जवल चन्द्र लामाले कार्यक्रम सफलताको निम्ति आशीर्वचन प्रदान गरे अनि डा. सुदास लामाले विषय विशेषज्ञताको वक्तव्य प्रस्तुत गरे। कार्यक्रममा धन्यवाद ज्ञापन दार्जीलिङ सरकारी महाविद्यालयकी एनएसएस युनिट २ का संयोजिका प्रा. संयुक्ता बम्जनले गरेकी थिइन्।
कार्यक्रमको सञ्चालन अङ्ग्रेजी विभागकी प्रा. रिपन्दी लेप्चाले गरेकी थिइन् भने कार्यक्रम आयोजनामा महाविद्यालयका प्रा. कबीर बस्नेत, प्रा. पूजा गुरूङ, प्रा. निर्मल सुब्बा, प्रा. निशा तामाङ, डा. लेन्डुप भोटिया अनि प्रा. सुधा राईको विशेष सहयोग रहेको थियो।
दार्जीलिङ, १९ मार्च, रिजनल डाइरेक्टरेट अफ एनएसएस
कोलकाताको निर्देशनमा अनि दार्जिलिङ सरकारी महाविद्यालय एनएसएस युनिटको तत्त्वाधानमा युवा सम्वाद: भारत@२०४७ को भव्य कार्यक्रम सम्पन्न भयो जसमा पहाडका १० महाविद्यालय क्रमशः दार्जीलिङ सरकारी महाविद्यालय, सन्त जोसेफ महाविद्यालय, गोरूबथान महाविद्यालय, साउथफिल्ड महाविद्यालय, खरसाङ महाविद्यालय, सोनादा महाविद्यालय, मिरिक महाविद्यालय, बिजनबारी महाविद्यालय, कालेबुङ महाविद्यालय, पेदोङ महाविद्यालयले अंश ग्रहण गरेका थिए। उक्त महाविद्यालयका ३२ एनएसएसका स्वयम् सेवक विद्यार्थी सदस्यहरूले पञ्चप्रणका पाँच निर्धारित शीर्षकमा आ-आफ्ना वक्तृता प्रस्तुत गरे। उक्त सम्वाद प्रतियोगितामा दार्जीलिङ सरकारी महाविद्यालयका दुइ छात्रा क्रमशः श्रुति शर्मा अनि मन्दिरा रावत प्रथम अनि दोस्रो भए भने गोरूवथान महाविद्यालयकी छात्रा रोमिला तामाङले तेस्रो स्थान प्राप्त गर्न सफल भइन्।
उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा दार्जीलिङका डिएफओ श्री कार्तिकेयन एम. उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा उत्तर बङ्ग विश्व विद्यालयका एनएसएस संयोजक डा. सुदास लामा, दार्जीलिङ सरकारी महाविद्यालयका भारप्राप्त प्राचार्य डा. प्रज्जवल चन्द्र लामा, दार्जीलिङ सरकारी महाविद्यालयकी नेपाली विभागाध्यक्षा अनि दार्जीलिङ हिल विश्वविद्यालयकी भारप्राप्त रेजिस्टार डा. सुजातारानी राई, पेदोङ महाविद्यालयका भारप्राप्त प्राचार्य श्री नवीन पौड्याल, शिक्षक परिषदका महासचिव अनि प्राणी विभागका प्राध्यापक डा. रूजस योन्ले अनि स्रोत व्यक्तिको रूपमा गोरूवथान महाविद्यालयका वनस्पति विभागका प्राध्यापक डा. रितेश विश्व उपस्थित थिए। प्रतियोगितामा रूपमा श्रीमती अनुराधा राई, एडीएफओ, दार्जीलिङ, डा. दिवास्कर छेत्री , निर्देशक, दार्जीलिङ दर्शिका एडुकेशनल सोसाइटी, दालाखि शेर्पा, एसिस्टेन्ट इन्सपेक्टर अफ स्कूल, दार्जीलिङ अनि मस्किरा फरिदी, निर्देशक, इस्टर्न हिमालयन फाउन्डेसन उपस्थित थिए। प्रतियोगितामामा मध्यस्थको भूमिका दार्जीलिङ सरकारी महाविद्यालयका प्राणी विभागका प्राध्यापक श्री युवराज गुरूङले निभाएका थिए।
कार्यक्रम दार्जीलिङ सरकारी महाविद्यालयका एनएसएस युनिटका संयोजक डा. सोनाम लामाको स्वागत वक्तव्यबाट आरम्भ भएको थियो भने दार्जीलिङ सरकारी महाविद्यालयका प्राचार्य डा. प्रज्जवल चन्द्र लामाले कार्यक्रम सफलताको निम्ति आशीर्वचन प्रदान गरे अनि डा. सुदास लामाले विषय विशेषज्ञताको वक्तव्य प्रस्तुत गरे। कार्यक्रममा धन्यवाद ज्ञापन दार्जीलिङ सरकारी महाविद्यालयकी एनएसएस युनिट २ का संयोजिका प्रा. संयुक्ता बम्जनले गरेकी थिइन्।
कार्यक्रमको सञ्चालन अङ्ग्रेजी विभागकी प्रा. रिपन्दी लेप्चाले गरेकी थिइन् भने कार्यक्रम आयोजनामा महाविद्यालयका प्रा. कबीर बस्नेत, प्रा. पूजा गुरूङ, प्रा. निर्मल सुब्बा, प्रा. निशा तामाङ, डा. लेन्डुप भोटिया अनि प्रा. सुधा राईको विशेष सहयोग रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement