घुम्ती चियाबारीको जमीन दखल गरेको भन्दै श्रमिकहरूद्वारा विभिन्न विभागहरूमा ज्ञापन

IMG-20240319-WA0175.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत घुम्ती चियाबारीको जमीन दखल गरेको भन्दै यसको विरोधमा चियाबारीको श्रमिकहरूले विभिन्न विभागहरूमा ज्ञापन पत्र बुझाएका छन्। घुम्तीको चियाबारीको अधीनमा रहेको खरसाङको बरबुङ चियाबारी क्षेत्रमा रहेको जमीन दखल गरेर फेन्सिङ गरेको भन्दै यसको विरोधमा घुम्ती चियाबारीको श्रमिकहरूद्वारा खरसाङ महकुमा शासक, खरसाङ विकास अधिकारी, खरसाङ पुलिस थाना, बीएलआरओ र एएलसीलाई ज्ञापन पत्र बुझाएका छन्। घुम्ती चियाबारीको श्रमिकहरूले सन् १९६२ सालदेखि बरबुङ क्षेत्रमा घुम्ती चियाबारीले सञ्चालन गर्दै आईरहेको र अहिले आएर कसैले जमीन कब्जा गरेर फेन्सिङ लगाएको भन्दै विरोध जनाएका छन्। श्रमिकहरूले ज्ञापन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै घुम्ती चियाबारीको पक्षमा एकजना श्रमिक देबेन्द्र सुब्बाले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement