हिन्द महासागर क्षेत्रमा समुद्री डकैत र आतङ्कवाद विरुद्ध लड्न भारत प्रतिबद्धः प्रधानमन्त्री मोदी

PM-Modi-1-2

नयॉं दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार भने, ‘भारत नौवहनको स्वतन्त्रताको रक्षा गर्न र हिन्द महासागर क्षेत्रमा समुद्री डकैत र आतङ्कवाद विरुद्ध लड्न प्रतिबद्ध छ।’

प्रधानमन्त्रीले उक्त कुरा बल्गेरियाई राष्ट्रपति रुमेन राडेवको एक्स पोस्टको जवाफमा भनेका हुन्। राडेवले बुल्गेरियाई अपहृत जहाजलाई बचाउन भारतीय नौसेनाप्रति आभार व्यक्त गरेका छन्। साथै, प्रधानमन्त्रीलाई धन्यवाद दिएका दिॅंदै त्यसमा बल्गेरियाई नागरिक पनि रहेको बताएका छन्।

यसमा प्रतिक्रिया दिॅंदै प्रधानमन्त्रीले भारतको प्रतिबद्धतालाई दोहोऱ्याएका छन् र उनले राष्ट्रपतिको सन्देशको सराहना गरेका छन्। उनले भने, ‘हामी खुशी छौ कि ७ बुल्गारियाई नागरिक सुरक्षित छन् र चॉंडै घर फर्किआउने छन्।’

उल्लेखनीय छ, रूएन जहाजलाई गत वर्ष दिसम्बरमा अरब सागरमा समुद्री डकैतहरूले समातेको थियो। यसमा बुल्गारियाई, म्यान्मारी र अंगोलन नागरिकहरू थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement