चम्पाईमा भारी मात्रामा हेरोइन, जिलेटिनको छड़ औ डेटोनेटर जफत

3608711-.webp

चम्पाई(मिजोरम): मिजोरममा हेरोइन, जिलेटिनको छड़ औ डेटोनेटर जफत गरिएको छ। मिजो पुलिस तथा असम राइफल्सद्वारा संयुक्त रूपमा संचालित दुई भिन्न-भिन्न अभियानमा चम्पाई जिल्लाबाट हेरोइन र विस्फोटक सामग्री जफत गरियो।

मिजो पुलिस अनुसार एक गुप्त सूचनाको आधारमा छिमेकी देश म्यान्मारबाट चम्पाई जोखोवाथर तर्फ आइरहेको टाटा योद्धा पिकअप वाहनको जाँच गर्दा २.३९३ किग्रा होरोइनले भरिएका १९८ वटा साबुनदानीलाई जफत गरियो जसको मूल्य ७१,७९,००० रुपियाँ रहेको अनुमान लगाइएको छ। यस सम्बन्धमा वाहनका चालक लुंगलेई सानमारी, बी लियानसांगा औ सहचालक आर अलसाम थारालाई पक्राउ गरियो।

यसरी नै असम राइफल्स औ मिजो पुलिसद्वारा संचालित एक संयुक्त अभियानमा १४.११० किग्रा वजन भएको ११० जिलेटिनका छड़हरू र ११० वटा डिटेनेटर जफत गरियो। जफत गरेका विस्फोटकहरूलाई स्कूटीको माध्यमबाट मिजोरमदेखि म्यान्मार पुऱ्याउने क्रममा जफत गरिएको थियो। पुलिसले विस्फोटक तस्करीको आरोपमा म्यान्मारका एक दम्पतिलाई पक्राउ गरेको छ। पक्रा परेका पति-पत्नीको पहिचान बियाक्रेमा र रमथा जुआलीको रूपमा भएको छ। मिजो पुलिसले बतायो, यी दम्पति म्यान्मारको चिन राज्यस्थित टियाउ खोवामावी गाउँका बासिन्दा हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *