४० लाखको सैगुनको काठ जफत

1631041989_fc139414-2531-4a8a-8604-c744269b00a2.jpg

जलपाईगुड़ी: जिल्ला अधिनस्थ वन विभागको लाटागुड़ी रेञ्जका कर्मचारीहरूले दुईवटा कन्टेरबाट भारी मात्रामा सैगुनको काठ जफत गरेको छ। वन विभागको सूत्र अनुसार जफत गरिएको काठको अनुमानित बजार मूल्य ४० लाख रुपियाँ रहेको छ।

लाटागुड़ी रेञ्जका रेञ्जर संञ्जय दत्तको टीमलाई काठ तस्करी भइरहेको गुप्त सूचना प्राप्त भयो। सूचना पाएर रेञ्जर सञ्जय दत्तले वनकर्मीहरूको सहयोगमा मंगलवार बिहान मयनागुड़ी रोड क्षेत्रमा अभियान संचालन गरे।

अभियानको क्रममा दुईवटा कन्टेनरको जाँच गरियो जसमा व्यापक मात्रामा सैगुनको काठ भेटियो। त्यसपछि वन विभागले दुवै कन्टेनरका चालकहरूलाई जाँचबुझको निम्ति हिरासतमा लियो। हिरासतमा लिइएका चालकहरू हरियाणा निवासी हुन्। यस मामिलालाई लिएर वन विभाग अग्रिम कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement