काउन्सिलर शामस इकबाल र प्रमोटर मोहम्मद वासिमको तस्वीर सार्वजनिक हुँदा विपक्षी दलहरूले लगाए आरोप

IMG-20240319-WA0169

कोलकाता: कोलकाता नगरपालिकाको वार्ड नम्बर १३४ बाट लगातार दुई कार्यकालदेखि तृणमूल काउन्सिलर शामस इकबालको वार्डमा अवैध निर्माणाधीन पाँच तले भवन भत्किँदा नौ जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ। संचारमाध्यमका अन्सुसार, शमस इकबालको वार्डमा यत्रो ठूलो अवैध निर्माण भइरहेको थियो र कसरी थाहा भएन भन्ने प्रश्न उठेको छ। विपक्षी दलले पार्षद र प्रोमोटरबीच साँठगाँठ भएको आरोप लगाएका छन्। यसैबीच आरोपित प्रमोटर एमडी वासिमसँग तृणमूल काउन्सिलर शामस इकबालको तस्वीर सार्वजनिक भएको छ। यो मामिला अझ चर्किन सक्ने सम्भावना छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement