गार्डनरीचमा भत्किएको भवनकाे प्रमोटर पक्राउ

photo.jpg

चोरी, लुटपाट र डकैतीको आरोपमा नौ वर्षसम्म जेलमा बसिसकेका छन्

काेलकाता: गार्डनरीच दुर्घटना मामिलामा अवैध रूपमा भवन निर्माण गरिरहेका प्रमोटर मोहम्मद वसिम उपनाम वसीलाई पक्राउ गरिएको छ। अब उसको अपराधको कुण्डली पनि प्रकाशमा आएकोछ।

थाहा लागे अनुसार माकपाको शासनकालदेखि नै चोरी, लुटपाट, डकैतीका धेरैवटा आरोप लाग्दै आइरहेका प्रमोटर वसी विगतमा नौ वर्षसम्म जेलमा बसिसकेका छन्। जेलबाट रिहा भएपछि वसी सत्तारूढ़ तृणमूल कंग्रेसको विश्वास पत्र भएका छन्।

पुलिस मुताविक बड़ाबाजार थाना क्षेत्रमा दर्ता डकैतीको मामिलामा वसिम नौ वर्षसम्म जेलमा थिए। तृणमूल कंग्रेस सत्तामा आएपछि उसले मुख्य रूपमा जमीन किनबेच तथा दलालीको धन्दा गर्नथाले। विगत चार वर्षदेखिको उसले जमीनको दलालीदेखि लिएर प्रमोटिंगसम्मको धन्दा गर्दै आइरहेका छन्। स्थानीय मानिसहरूले बताए, वसिमले आजसम्ममा तीनवटा परियोजनाहरूमा प्रमोटिंगको काम गरिसकेका छन्।

गत आइतवार घटना घटेपछि यो प्रश्न उठ्नु स्वभाविक छ कि नगरनिगम प्रशासनको अनुमति बिनै तलाउलाई पूरेर त्यहाँमाथि बहुतले भवन निर्माण गरिरहेको कुरा नगरपालिका प्रशासनलाई किन थाहा भएन? अर्कोतिर यस मामिलामा स्थानीय वार्ड नम्बर १३४ का तृणमूल प्रतिनिधि शम्स इकबालको विरोधमा सिकायत गरिएको छ। यद्यपि सूत्रले बताएको छ, वसिम मेयर फिरहाद हकिमका विशेष रहेको कारणले पुलिस उसको विरोधमा कारबाही गर्न हिच्किचाइरहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement