गान्तोक:सिक्किम सरकारका पूर्व स्वास्थ्य मन्त्री डाक्टर मणिकुमार शर्माले सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीबाट राजीनामा दिएका छन्। उनले आज मङ्गलवार पार्टी अध्यक्षलाई पत्र लेखेर पार्टीको साधारण सदस्यको पदबाट पनि राजीनामा दिएको जनाएका छन्।
उनले सिक्किमका जनताको सेवा र समर्थन गर्ने अवसर दिएकोमा पार्टीलाई धन्यवाद पनि दिएका छन्।
उल्लेखनीय छ, खामदोङ-सिङ्गातम निर्वाचन क्षेत्रका विधायक डा. शर्माले २ फरवरी, २०२३ को दिन स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएका थिए। १३ जनवरी, २०२३ मा आएको सर्वोच्च न्यायालयको एउटा आदेशमा सिक्किमे नेपाली समुदायमाथि विदेशीको ट्याग लागेपछि राज्य सरकारले सिक्किमका जनताको भावनालाई गम्भीरतापूर्वक नलिएको भन्दै उनले मन्त्र पदबाट राजीनामा दिएका थिए।