नयाँ दिल्ली: गैरीबास उच्चत्तर माध्यमिक विद्यालयका जम्मा २० जना विद्यार्थीहरु लगायत विद्यालयका प्रधान अध्यापक पदम कुमार छेत्री अनि सहशिक्षिका निक्की छेत्री १० मार्चको दिन भारतीय सैनिकको तैनाथमा अखण्ड भारत भ्रमणमा निस्किएका छन्। यसै भ्रमण अवधि हिज दिनाङ्क १८ मार्च साझको समय भारतका राष्ट्रपति द्रोपदी मुर्मूसित भेट गर्ने सुअवसर पनि प्राप्त भयो। राष्ट्रपति भवनमै एउटा महत्त्वपूर्ण अनि ऐतिहासिक कार्यक्रम सम्पन्न भयो जसमा गैरीबास उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीवर्गसित राष्ट्रपति द्रोपदी मुर्मूले कुराकानी गर्नुभइन्। राष्ट्रपति मुर्मूले विद्यार्थीहरूलाई आफ्नो जीवनको लक्ष्य सोध्नुहुँदै देशको निम्ति के गर्ने? आदि जस्ता महत्त्वपूर्ण कुराहरू विद्यार्थीहरूसित राख्नुभइन्। विद्यार्थीहरू कसैले डाक्टर, वकिल, सैनिक, आदि आफ्नो जीवनको लक्ष्यहरू बताए, राष्ट्रपतिले भन्नुभइन् कि अब उसो हाम्रो भेट नहोला कोही कता-कोही कता होला तर तिमीहरूले बताएका लक्ष्यहरू अनि मलाई दिएको कसम अवश्य पूरा गरेको हुनुपर्छ भनिन्।

प्रायः नानीहरूले आफ्नो जीवनको लक्ष्य सैनिक बताए पश्चात् राष्ट्रपति खुबै खुशी बन्दै “वाह! क्या बात है तुम सभी बोर्डर एरिया से हो इसलिए सभी आर्मी बन्ना चाहाते हो ना।” भन्नुभइन्। छात्र-छात्रालाई यस भ्रमणको महत्त्व, आफ्नो विद्यालय, गाउँठाउँ आदि बारे विचार प्रकट गर्ने अवसर पनि दिनुभइन् । यश तीन मिनटको समय छात्र करण छेत्री अनि छात्रा तन्वी भूजेलले खुबै मीठो विचार व्यक्त गरे। विद्यार्थीहरूको सकारात्मक विचारप्रति खुशी बन्नुहुँदै सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्नुभइन्।