रिङटोङ कमानका श्रमिकहरुको जीत

दार्जीलिङ: फस्ट फ्लश अघि नै हिल प्लान्टेसन इम्प्लोइ युनियनका सदस्यहरुले आन्दोलनरत भएर क्रेच, बाकी हाजिरा, एरीयर, स्वास्थ्य सम्बन्धित अधिकारहरू हासिल गरेको छ। एचपिईयुका केन्द्रीय सचिव सुमेन्द्र तामाङ अनि रिङटोङ युनिटका सचिव र रुबिना राईले युनियनको तर्फबाट एउटा भिडियो मार्फत जनाएका छन्। हाम्रो युनियनले २०२३ सालमा जन्म लिने साथ नै फस्ट फ्लशको समय नै श्रमिकहरुले आफ्नु साल भरीको मागहरु पास गराउन आन्दोलनको बाटो रोज्नु पर्छ भनेर भनेका थियौं। सोही वचन अनुसार आज सानो भए पनि एउटा जितको महसूस हामीलाई बोध भएको छ। श्रमिकहरु एक भएर यसरी नै अरु समस्त चिया बारीका श्रमिकहरुले पनि चाहें यसरी नै जीत हासिल गर्न सक्छन्। आफ्नु श्रमको मूल्य श्रमिकहरुले पाएको हुनु पर्छ अनि हामी यही सोच लिएर अघि बढ्ने संकल्प लिएका छौ।
साथै अरु समस्त युनियनहरु जो विभिन्न कमानमा सक्रिय छन् तिनीहरूलाई पनि चार्टर अफ डिमान्ड लिएर आफ्नु आफ्नु बगानमा आन्दोलनरत भएर अघि आइदिने आहवान गर्दछौं।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *