पीएसएल च्याम्पियनलाई आरसीबी-को महिला टीमभन्दा कम्ती पुरस्कार राशि

IMG-20240319-WA0159.jpg

नयाँ दिल्ली: इस्लामाबाद युनाइटेडले पाकिस्तान सुपर लीग (पीएसएल) २०२४-को खिताब जित्यो। कराचीको नेशनल स्टेडियममा खेलिएको रोमाञ्चक फाइनलमा शादाब खानको कप्तानीमा रहने युनाइटेडले मुल्तान सुल्तान्सलाई २ विकेटले पराजित गऱ्यो। इस्लामाबाद युनाइटेडले म्याचको अन्तिम बलमा १६० रनको लक्ष्यलाई हासिल गऱ्यो। यो उनीहरूको तेस्रो पीएसएल ट्रफी हो। यसअघि युनाइटेडले २०१६ र २०१८-मा पनि खिताब जितेको थियो। यसरी इस्लामाबाद युनाइटेड तीनपल्ट लीग खिताब जित्ने पहिलो टीम बन्यो। पीएसएल ट्रफी जितेकोमा इस्लामाबाद युनाइटेडलाई पुरस्कार राशिको रूपमा १४ करोड़ पाकिस्तानी रुपियाँ प्राप्त भयो, जुन भारतीय रुपियाँमा ४.१३ करोड़ रुपियाँ हुन्छ। यसरी मुल्तान सुल्तान्सलाई उपविजेताको रूपमा १.६५ करोड़ भारतीय रुपियाँ दिइयो। यसरी पीएसएल-को विजेता र उपविजेतालाई लिएर दिइएको जम्मा पुरस्कार राशि भारतमा महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-मा च्याम्पियन हुने रोयल च्यालेञ्जर्स बेंगलोरलाई दिइएको पुरस्कार राशि भन्दा पनि कम्ती हो। लीग खिताब जित्ने आरसीबी महिला टीमलाई ६ करोड़ रुपियाँको पुरस्कार राशि दिइएको थियो।

पाकिस्तानले शुरुदेखि नै पीएसएल-लाई आईपीएलको स्तरको टुर्नामेण्ट भन्ने दावी गर्दै आएको छ तर लोकप्रियता, फ्यान फलोईंग र पुरस्कार राशिको मामिलामा पाकिस्तानको टी२० लीग आईपीएलको छेउछाउ पनि रहेको छैन। गत वर्ष आईपीएल च्याम्पियन हुने चेन्नई सुपर किंग्सलाई २० करोड़ रुपियाँको पुरस्कार राशि प्राप्त भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *