क्रिकेट जगतमा फर्किन तयार कमेण्टेटर सिद्धू

IMG-20240319-WA0135.jpg

नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर नवजोत सिंह सिद्धू कमेण्ट्रीको माध्यमले क्रिकेट जगतमा फर्किन तयार छन् अनि उनलाई इण्डियन प्रीमियर लीग (आईपीएल)-को अवधि कमेण्ट्री बक्समा देखिनेछ। आईपीएल २०२४-को पहिलो म्याच २२ मार्चमा गत विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेञ्जर्स बेंगलोरबीच खेलिनेछ। स्टार स्पोर्ट्सले आफ्नो आधिकारिक सोशल मीडिया एकाउण्टमा लेखेको छ, एकजना बुद्धिमानी व्यक्तिले एकपल्ट भनेका थिए, आशा सबैभन्दा ठूलो क्याप हो। त्यो बुद्धिमान व्यक्ति महान नवजोत सिंह सिद्धू स्वयं हाम्रो अतुल्य स्टारकास्टमा सामेल भएका छन्। आईपीएल अनस्टारमा उनको अविश्वसनीय कमेण्ट्री (अनि गजबक वन-लाइनर्स)-लाई मिस नगर्नुहोस्-२२ मार्चदेखि शुरु हुनेछ। साँझ ०६:३० बजीदेखि। स्टार स्पोर्ट्स नेटवर्कमा लाइव।
क्रिकेट मैदानमा आफ्नो आक्रामक ब्याटिंगले गर्दा ख्याति अर्जन गर्ने ६० वर्षीय सिद्धूले खेलबाट सन्न्यास लिएपछि कमेण्टेटरको रूपमा पनि सुनाम अर्जन गरेका छन्। साल २००१-मा भारतको श्रीलंका यात्राको अवधि सिद्धूले आफ्नो कमेण्ट्री करियरको शुरुवात गरेका थिए। आफ्नो विशिष्ट अनि जीवन्त शैलीले गर्दा चिनिने सिद्धू चाँड़ै आफ्नो चाखलाग्दो वन-लाइनर्सले गर्दा लोकप्रिय कमेण्टेटर बनेका थिए। आफ्नो अन्तर्राष्ट्रिय करियरमा सिद्धू भारतको सबैभन्दा स्टाइलिश क्रिकेटरहरूमा एक थिए। उनले करियर १९८३-देखि १९९८-बीच १५ सालसम्म चल्यो। यस अवधि उनले भारतको निम्ति ५१ वटा टेस्ट र १३६ वटा वनडे इण्टरनेशनल म्याच खेले। टेस्टमा उनले ९ वटा शतक र १५ वटा अर्द्धशतकको साथ ३२०२ रन बनाए। यसरी वनडे-मा उनको नाममा ६ वटा शतक र ३३ वटा अर्द्धशतकको साथ ४४१३ रन रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *