क्याम्पस एम्बासेडरहरुलाई लिएर कार्यशाला

IMG-20240318-WA0321.jpg

गान्तोक: आगामी लोकसभा र विधानसभा चुनाउलाई लिएर क्याम्पस एम्बासेडरहरूका लागि कार्यशाला आज जिल्ला प्रशासनिक केन्द्र सोरेङमा सम्पन्न भयो। जिल्लापाल यसे डीले सहभागीहरूसंग अन्तरक्रियात्मक सत्र पनि गरे। सहभागीहरूलाई आ-आफ्नो स्कूलमा विद्यार्थीहरूलाई दर्ता र अन्य प्रक्रियाहरूबारे चेतना बढाउन आग्रह गरिएको थियो। जिल्लापालले उपस्थित शिक्षकहरूलाई आजको कार्यक्रमबाट विद्यालय र अन्य गतिविधिहरूमा पनि समावेश गर्न निर्देशन दिइन्। सहभागीहरूलाई लोकतन्त्रका च्याम्पियनहरू भन्दै प्रेरित गरिन्। नोडल अधिकारी सन्नी खरेलले क्याम्पस एम्बासेडरहरू र यसका कर्तव्यहरूबारे प्रकास पारे। उनले निर्वाचन सञ्चालन सम्बन्धी भारतको निर्वाचन आयोगको विभिन्न कार्यहरूबारे जानकारी दिए। साथै उनले विभिन्न निर्वाचन फारमका बारेमा पनि जानकारी गराए र उपस्थितलाई प्रक्रियामा सहभागी हुन आग्रह गरे। उनले मतदाता नामावलीमा दर्ता/नामांकनको लागि मतदाता हेल्पलाइन आवेदनको बारेमा जानकारी दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *