तेस्रो म्याचको साथमा वनडे सीरीज जित्यो बंग्लादेशले

IMG-20240318-WA0313.jpg

चट्टग्राम (बंग्लादेश): आयोजक बंग्लादेशले तेस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा श्रीलंकालाई ४ विकेटले पराजित गरी तीनवटा म्याचको सीरीज २-१-ले जित्यो। सोमवार बिहान जाहुर अहमद चौधरी स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाई टीम ५० ओभरमा २३५ रन बनाएर अलआउट भयो। त्यसपछि बंग्लादेशले ४०.२ ओभरमै ६ विकेटमा २३७ रन बनाएर म्याच जित्यो। अलराउण्डर रिशाद होसेनलाई प्लेयर अव् द म्याच चयन गरियो, जसले १ विकेट लिनको साथै केवल १८ बलमा अविजित ४८ रन बनाए। बंग्लादेशको निम्ति ओपनर ताञ्जिद हसनले ८१ बल खेलेर नौवटा चौका र चारवटा छक्काको साथ सर्वाधिक ८४ रन बनाए। यसरी रिशादले ५ वटा चौका र ४ वटा छक्का लगाए। अनुभवी मुश्फिकुर रहीमले अविजित ३७ रन बनाए। मुश्फिकुर र रिशादले मिलेर सातौं विकेटको निम्ति २५ बलमा ५९ रनको अटूट पार्टनरशीप गरे। श्रीलंकाई बलरहरूमा लाहिरु कुमाराले सर्वाधिक ४ विकेट लिए।

यसअघि पहिला ब्याटिंग गर्दै श्रीलंकाले खराब शुरुवातपछि जानिथ लियांगेको शतकको सहायताले सम्मानजनक स्कोर बनायो। लियांगेले १०२ बल खेलेर ११ वटा चौका र २ वटा छक्काको साथ अविजित १०१ रन बनाए। केवल ४१ रनमा ३ विकेटको पतनपछि श्रीलंकाले तेजीको साथ रन बनाउन सकेन। अन्य ब्याटरहरूमा चरिथ असलंकाले ३७ र कप्तान कुसल मेण्डिसले २९ रनको योगदान दिए। बंग्लादेशका बलरहरूमा तस्किन अहमदले सर्वाधिक ३ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *