बेंगलुरु पुगेर टीमको अभ्यास सत्रमा सामेल भए कोहली

IMG-20240318-WA0312.jpg

बेंगलुरु: विराट कोहली २२ मार्चदेखि शुरु हुने इण्डियन प्रीमियर लीग (आईपीएल) अघि सोमवार यहाँ पुगेर रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-को अभ्यास सत्रमा सामेल भए। कोहली आफ्नो परिवारसँग विदेशमा रहेका थिए। उनी आइतवार भारत फर्किए। भारत र आरसीबी-का पूर्व कप्तानलाई चिन्नास्वामी स्टेडियममा वर्मअप गरिरहेको देखियो। कप्तान फाफ डू प्लेसिसले पनि अभ्यास सत्रमा हिस्सा लिए। आरसीबी-ले अहिलेसम्म आईपीएलमा खिताब जित्न सकेको छैन। यस सत्रमा टीमको पहिलो म्याच शुक्रवार वर्तमान च्याम्पियन चेन्नई सुपर किंग्स विरुद्ध रहेको छ। आईपीएलको यो संस्करण कोहलीको निम्ति महत्त्वपूर्ण रहनेछ कारण यसको लगत्तै पछि भारतले अमेरिका र वेष्ट इण्डिजमा हुने टी२० वर्ल्ड कपमा हिस्सा लिनेछ। यस ३४ वर्षीय ब्याटरले आउँदो टी२० वर्ल्ड कपमा हिस्सा लिने इच्छा व्यक्त गरेका थिए। यसैकारण टीममा स्थान पाउन उनले आईपीएलमा असल प्रदर्शन गर्नु जरूरी रहेको छ। कोहलीले गत वर्ष आईपीएलमा ६३९ रन बनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *