हिमालयन आइडल सिजन दुई: मिरिकको सावन बराइली बने विजेता

IMG-20240318-WA0311.jpg

सिलगढी: हिमालयन आइडल सिजन-२ को विजेता मिरिक निवासी सावन बराइली बनेका छन्। एसके लाइभ न्युज अनि एसके अडियो भिजनद्वारा आयोजित हिमालयन आइडल सिजन-२ को फाइनल आईतबार सम्पन्न भयो। उत्तर बङ्गाल अनि सिक्किममा गरेर ६०० जनाले अडिसन दिएका थिए जसमध्ये फाइनलको निम्ति उत्कृष्ट नौजना प्रतियोगीहरूलाई चयन गरिएको थियो। सबै नौजा प्रतियोगीहरूले फाईनलमा आ-आफ्ना प्रस्तुति दिएका थिए। उक्त प्रतियोगिताको निर्णायकको रूपमा वरिष्ठ संगीतकार भानु रामुदामु, संगीतकार साथै संगीत संयोजक समीर शर्मा र गायिका स्नेहाश्री थापा रहेकी थिइन्। प्रथम दोस्रो अनि तेस्रो प्रतियोगीहरू निर्णायकगणद्वारा चयन गरिएको थियो। हिमालयन आइडल सिजन-२ को विजेता मिरिक निवासी सावन बराइली बनेका छन्। त्यसै गरी दार्जिलिङ निवासी योगेन राई उप विजेता बन्न सफल बनेका छन् भने तेस्रो खरसाङ निवासी सुरभि प्रधान बनेकी छन्। उक्त कार्यक्रममा खरसाङका भाजपा विधायक बीपी बजगाई, देवकोटा सङ्घका सचिव पीटी यल्मो, वरिष्ठ साहित्यकार कृष्ण प्रधान, पारिजात जयन्ती समारोह समितिका सचिव राजेश छेत्री, पन्नु गजमेर आदि उपस्थित रहेका थिए। हिमालयन आइडल सिजन 2 मा प्रथम दोस्रो अनि तेस्रो बनेका प्रतियोगीहरूलाई पारितोषिक वितरणसँगै नगदराशि पनि प्रदान गरिएको छ। प्रथम हुनेलाई पारितोषिक पुरस्कारसँगै ५० हजार नगदराशि र प्रमाणपत्र पनि प्रदान गरियो।

त्यसै उप विजेतालाई पारितोषिक पुरस्कारसँगै ३० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो भने तेस्रो हुनेलाई पारितोषिकसँगै २० हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ। यसको साथै फाइनलमा प्रवेश गरेका अन्य प्रतियोगीहरूलाई प्रमाण पत्र प्रदान गरिएको छ। फाइनलमा प्रथम दोस्रो अनि तेस्रो बनेका प्रतियोगीहरूले गीत रेकर्डिङ गर्ने मौका पाएका छन् भने उक्त रेकर्डिङ भएका गीतलाई वर्ल्ड वाइड मार्केटिङ गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *