माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन थुनामा राख्न अदालतको अनुमति

Web-Post-2-1

काठमाडौं: सुन तस्करी प्रकरणमा पक्राउ गरिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार बिहान भैरहवाबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो। न्यायाधीश दुर्गा प्रसाद खनालको इजलासले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआइबीलाई अनुमति दिएको हो। सुन तस्करी प्रकरण छानबिनका लागि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरालाई पक्राउ परेका हुन्। भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग महराको निकट सम्बन्ध देखिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *