एसकेएम सरकारको ‘जब अर्डर’ र ‘नियमितीकरण’ ढॉंट र ठूलो स्क्यामः भाइचुङ भोटिया

n5927298121710775193852746948261d64507988d988c51161aa247d1062c46ea408b8bc4faee608442435.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका प्रवक्ता भाइचुङ भोटियाले एसकेएम सरकारको ‘जब अर्डर’ र ‘नियमितीकरण’ लाई ढॉंटका साथै ठूलो स्क्याम ठहर गरेका छन्।

एसडीएफ मुख्यालयमा आज आयोजित एक पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाए।

एसडीएफ नेता भोटियाले एसकेएम सरकारमाथि युवाहरूलाई धोका दिएको आरोप लगाउॅंदै जब अर्डर र नियमितीकरण ढॉंट बाहेक अरू केही नरहेको दाबी गरे। एसकेएमले चाहेको भए छ महिना अथवा एक वर्ष अघि पनि युवाहरूलाई नोकरीमा नियुक्त गर्न सक्ने थिए, तर अन्तिम क्षणमा यसरी नियुक्ति गरेको जस्तो गरेर युवाहरूलाई ढॉंट्ने काम गरिरहेको उनले आरोप लगाए।

विभागको वेबसाइटमा युवाहरूको नाम रहे तापनि उनीहरू रेगुलर हुन् भनेर उल्लेख नगरिएको उनले दाबी गरे। उनले जसलाई जब अर्डर दिइएको छ त्यसमा अस्थायी भनेर उल्लेख गरिएको छ र उनीहरूले रेगुलरको निम्ति दाबी गर्न पाउने छैनन् भनेर उल्लेख गरिएको छ भनी बताए। उनले यो जब अर्डर होइन, यो एउटा कन्ट्र्याक्ट मात्र रहेको बताए। उनले एसडीएफ पार्टी सरकारमा आउनसाथ सबैको नोकरी रेगुलर गर्ने घोषणा गरे।

यस अतिरिक्त, भोटियाले जब अर्डरको नाममा ठूलो स्क्याम भइरहेको दाबी गरे। उनले जब अर्डर दिॅंदा लगभग पॉंच महिनासम्म ब्याकडेट गरेर वितरण गरिएको दाबी गर्दै उक्त पॉंच महिनाको पैसा खॉंदैछ भनी प्रश्न गरे। उनले एसडीएफ पार्टी सरकारमा आएपछि यस सम्बन्धमा जॉंच गराएर दोषीहरू विरुद्ध कारबाही गर्ने बताए। उनले एसडीएफ सरकारमा आएपछि युवाहरूको योग्यता अनुरूप सम्मानपूर्वक उचित ठाउॅंमा नियुक्त गर्ने बताए।

भोटियाले एसडीएफ पार्टीका घोषणाहरू मध्ये केही घोषणामाथि प्रकाश पारेका थिए। एसडीएफले धारा ३७१एफ को अक्षरस पालन सुनिश्चित गर्ने, केन्द्रिय वित्त अधिनियमको उपधारा ४ र ५ को विरोध गर्ने, २०२६ मा प्रस्तावित सीमाङ्कनलाई ध्यानमा राखेर लिम्बू-तामाङको सीट आरक्षण र नेपाली सीट पुनर्बहालको निम्ति काम गर्ने, सिक्किममा राम मन्दिर निर्माण गर्ने घोषणाहरूको बारेमा जानकारी गराए।

उनले आउॅंदो विधानसभा र लोकसभा चुनाउमा एसडीएफले एकैजना पनि आपराधिक उम्मेदवारलाई खडा गर्ने छैन भनी घोषणा पनि गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *