राज्यपालद्वारा अमृत अटल गार्डनको निरीक्षण

IMG-20240318-WA0320.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो टोपाखानी नजिक रहेको अटल अमृत गार्डनको निरीक्षण गरे, जुन गार्डनको केही दिन अघि मात्र विस्तार गरिएको थियो। विशेष गरेर यस गार्डनको विकास भएकोमा उनले खुशी व्यक्त गर्दै उपयोग नभएको ठाउँलाई रोजगारीको केन्द्र, बालबालिकाका लागि प्लेपार्कमा परिणत गर्नु विकासको दिशामा सकारात्मक परिवर्तनको प्रमाण रहेको जानकारी गराए। यो गार्डन स्वस्थ समाज निर्माणमा सामूहिक प्रयासको प्रतीक बनोस् भन्ने कामना गरेका छन्। निरीक्षणको क्रममा राज्यपालले स्वयं सेवा समूहका महिलाहरूसँग अन्तरक्रिया गर्नका साथै उनीहरूको प्रयासको प्रशंसा गरे। आज महिला स्वतन्त्र हुनु समृद्धि, परिवार, देश समाज र विकसित भारतको प्रतीक भएको भन्दै सन् २०४७ लाई प्राप्त गर्ने महत्वपूर्ण कदम भएको भन्दै महिला स्वतन्त्र भएकोमा खुशी व्यक्त गरेका छन्।

राज्यपालले पार्कमा खेल्न आएका बालबालिकासँग केही समय बिताउँदै नानीहरूलाई मिठाई वितरण गरे। अटल बिहारी वाजपेयी जी को समर्पित टोपा खानी स्थित “अटल अमृत गार्डन” को विस्तार गरिएको छ। यो बगैचा बालबालिकाका लागि मनोरञ्जनका साथै स्थानीयको आम्दानीको स्रोत पनि बन्दै गाइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement