मंगन जिल्लाका जिल्लापालले गरे विभिन्न अधिकारीहरूलाई लिएर बैठक

n592729816171077503437098f06a522eb86b441afbf177d873c0be9b8f8dcee9d0aac1fe22725b8b5ecac2.jpg

मंगन: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउ तयारीलाई लिएर आज मंगन जिल्लाको पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा विभिन्न अधिकारीहरूलाई लिएर बैठक गरे।

यस बैठकमा विशेष गरेर सेक्टर अफिसर्स, सेक्टर पुलिस अफिसर्स, फ्लाइङ स्क्वाड टोली, स्टेटिक सर्विलेन्स टीम र भीडियो सर्विलेन्स टोलीका सदस्यहरूले सहभागिता जनाएका थिए।

बैठकलाई सम्बोधन गर्दै जिल्लापाल हेम कुमार छेत्रीले यस बैठक आयोजना गरिनुको मुख्य उद्देश्यबारे प्रकाश पारे। बैठकमा उपस्थित कसैलाई पनि कुनै कुरामा शंका रहेको खण्डमा स्पष्ट पार्नुपर्ने आग्रह गरे। यसका साथै उनले आगामी चुनाउलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति सबैले प्रतिवद्धताको साथमा आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने निर्देश दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement