प्राइमेरी एडुकेशनको डायरीमा अनित थापाको फोटो हुनु सर्वोच्च न्यायलयको निर्देश विरूद्व हो: पुकार

IMG-20240318-WA0281.jpg

दार्जीलिङ: सर्वोच्च न्यायलयको निर्देशलाई जीटीए चिफ् अनित थापाले ताकमा राखेर प्राइमेरी एडुकेशनको डायरीमा उनको फोटो चिप्काएको छ भनी हाम्रो पार्टीको सांगठनिक सचिव पुकार घतराजले आरोप लगाएका छन्।दार्जीलिङको माल रोडस्थित हाम्रो पार्टी केन्द्रीय कार्यालय पी कोठीमा हाम्रो पार्टी महकुमा समितिको सांगठनिक सचिव पुकार घतराजले बताए अनुसार गत १३ मई २०१५ को दिन देशको सर्वोच्च न्यायलयले एक निर्देश जारी गरेको छ जसमा कुनै पनि सरकारी विज्ञापनहरूमा राष्ट्रपति , प्रधानमन्त्री, राष्ट्रीय पिता महात्मा गाँधीको फोटो लगाउन सक्छ भन्ने निर्देश जारी गरेको छ। तर जीटीएको प्राइमेरी शिक्षा विभागले प्राइमेरी एडुकेशनको डायरीमा जीटीए चिफ् अनित थापाको फोटो टाँसेर सर्वोच्च न्यायलयको निर्देशलाई अमान्य गर्ने कार्य गरेको छ भन्ने घतराजले बताए। उनले आरोप लगाउँदै भने, जीटीए चिफ् अनित थापा सर्वोच्च न्यायलयभन्दा ठूलो होइन। प्राइमेरी एडुकेशनको डायरीमा अनित थापाको फोटो किन लगाए भन्ने जस्ता प्रश्नहरू उठन थालेपछि भागोप्रमोको कार्यकर्ता प्रमोस्कर ब्लोनले अनित थापा जीटीए चिफ् हो अनि उसको फोटो लगाउन पाइन्छ भन्ने जस्ता अर्थहीन तर्कहरू जनसभाहरूमा राख्दै थिए।’
घतराजले अघि भने, ‘प्रमोस्कर ब्लोन एक शिक्षक हुनि तर उनी पनि सर्वोच्च न्यायलयको निर्देशदेखि अनभिज्ञ रहेछ भन्ने उनको बयानले स्पष्ट भएको छ।बिना अध्ययन बोल्न हुँदैन। शिक्षक हुँ भन्दैमा जे पायो त्यही बोल्न हुँदैन। भागोप्रमो एवं जीटीएको यस्तै कार्यहरूको हामी घोर विरोध गर्छौं अनि जन याचिका दर्ता गर्ने हामीले तयारी गर्दैछौं।’
हाम्रो पार्टीको सांगठनिक सचिव पुकार घतराजले अझ भने, ‘प्राइमेरी एडुकेशनको डायरीमा फोटो लगाउने इच्छा नै छ भने शहीद दुर्गा मल्लको फोटो लगाउन सकिन्छ। संविधानमा हस्ताक्षर गर्ने अरिबहादुर गुरूङ, क्याप्टन रामसिंह ठकुरी आदि जस्ता हाम्रो धेरै देशभक्त विभूतिहरू छन् उनीहरूको फोटो लगाउन सकिन्छ। अनित थापाको फोटो हेरेर हाम्रो विद्यार्थी नानीहरूले के शिक्षा प्राप्त गर्न सक्छ? अनित थापाको जाति र भाषाप्रति के योगदान छ? हाम्रो शिक्षक शिक्षिका दाजु भाइ, दिदी बहिनीहरूले पनि राम्रो राम्रो विभूतिहरूको फोटो लगाउने सुझावहरू दिनु सक्नुपर्छ। यदि तपाईहरूलाई तपाईहरूको विद्यार्थीहरूले डायरीमा टाँसेको फोटोबारे जानकारी मांगे के भनेर बताउनु हुन्छ?”
हाम्रो विद्यार्थीहरूले शहीद दुर्गा मल्ल,रामसिहं ठकुरी, अरिबहादुर गुरूङहरूको इतिहास पढ्नपर्छ, गोर्खाहरूको स्वभिमान के हो भने दुर्गा मल्ल, इन्द्रेणी सावित्रीको परिचयले बताउँछ तर सर्वोच्च न्यायलयको निर्देशलाई ताकमा राख्ने काम गरेको छ घतराजले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *