नशालु पदार्थ सहित युवक पक्राउ

00-1-Rajya-Samachar-2

गान्तोक: रम्फू पुलिसले प्रतिवन्धित नशालु पदार्थ सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रापर्ने आरोपी गान्तोकस्थित बाइपास निवासी विवेक राईकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले थप जानकारी गराए अनुसार आरोपी राईबाट पुलिसले ६७५ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल, ४५ वटा निट्राजिपम र ४ बोटल कफ सिरप फेला पारेको छ।घटनाक्रम अनुसार रम्फूका एसएचओको निर्देश बमोजिम एसआई असिम राई रम्फूको नयाँ चेकपोस्टमा पुगेका थिए, जहाँ उनले आरोपी राईलाई संदिग्ध अवस्थामा देखेपछि पक्राउ गरेका थिए। आरोपी राईविरूद्ध रम्फू थानामा सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement