फुलबारीमा एम्बुलेन्स दुर्घटनाग्रस्त

IMG_20220802_192011.png

राजगञ्ज: फुलबारी २ नम्बर ग्राम पञ्चायत अन्तर्गत चुनाभट्टी इलाकामा सिलगढी- जलपाईगढी राष्ट्रिय राजमार्गको एम्बुलेन्स दुर्घटनाग्रस्त भएको छ। आज बिहान उक्त एम्बुलेन्स जलपाईगढीदेखि सिलगढीतर्फ गइरहेको समय चुनाभट्टी इलाकामा अचानक एउटा बाइक एम्बुलेन्स अघि आएपछि यसलाई बचाउने प्रयास गर्दा एम्बुलेन्स सड़कमा पल्टियो। स्थानीय मानिसहरूको सहयोगमा एम्बुलेन्स उद्धार गरियो भने घटनामा एम्बुलेन्समा सवार २ जना व्यक्तिलाई सामान्य चोट लागेको छ। घटनाको खबर पाएर एनजेपी पुलिस र फुलबारी ट्राफिक आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *