डब्ल्यूपीएलः एलिसा पेरीलाई ओरेञ्ज र श्रेयंका पाटिललाई पर्पल क्याप

IMG-20240318-WA0277.jpg

नयाँ दिल्ली: रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-ले दिल्ली क्यापिटल्सलाई पराजित गरी महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-को खिताब जित्यो। गत वर्ष डब्ल्यूपीएल-को पहिलो सीजनमा चाहिँ मुम्बई इण्डियन्स च्याम्पियन भएको थियो। यस साल धेरैवटा रेकर्ड बनियो अनि तोड़ियो। यसरी केही खेलाड़ीहरूले आफ्नो प्रदर्शनद्वारा सबैको मन जितिन्। डब्ल्यूपीएल-को दोस्रो सीजनमा अष्ट्रेलियाकी अलराउण्डर एलिस पेरीले सर्वाधिक रन बनाएर ओरेञ्ज क्याप जितिन्। आरसीबी-की यस अलराउण्डरले ९ वटा ईनिंग्समा ३४७ रन बनाइन्। यस सूचीमा दिल्ली क्यापिटल्सकी कप्तान मेग लेनिंग ३३१ रनको साथ दोस्रो स्थानमा रहिन्। यसरी दिल्ली क्यापिटल्सकै शेफाली वर्मा ३०९ रनको साथ तेस्रो र आरसीबी-की कप्तान स्मृति मन्धना ३०० रनको साथ चौथो स्थानमा रहिन्। यसरी आरसीबी-की २१ वर्षीय बलर श्रेयंका पाटिलले सर्वाधिक विकेट हासिल गरी पर्पल क्याप जितिन्। उनले जम्मा १३ विकेट हासिल गरिन्। यस सूचीमा आरसीबी-कै आशा शोभना र सोफी मोलीन्यूक्स १२-१२ विकेटको साथ संयुक्त रूपले दोस्रो स्थानमा रहिन्।
डब्ल्यूपीएल-को दोस्रो सीजनमा सर्वाधिक स्कोर (एउटा ईनिंग्समा) बनाउनीहरूकी सूचीमा मुम्बई इण्डियन्सकी कप्तान हरमनप्रीत कौर शीर्षमा रहिन्। उनले गुजरात जाइण्ट्स विरुद्ध ४८ बलमा ९५ रन बनाएकी थिइन्। यसरी दीप्ति शर्माले त्यही प्रतिद्वन्द्वी विरुद्ध ६० बलमा ८८ रन बनाएकी थिइन्। सर्वाधिक अर्द्धशतक बनाउने मामिलामा मेग लेनिंग शीर्षमा रहिन्। उनले ९ वटा ईनिंग्समा ४ वटा अर्द्धशतक बनाइन्। यसबाहेक शेफाली वर्मा, दीप्ति शर्मा र बेथ मूनीले ३-३ वटा अर्द्धशतक बनाइन्। यसरी दिल्ली क्यापिटल्सकी शेफालीले सर्वाधिक २० वटा छक्का लगाइन्। यस सूचीमा मन्धना र रिचा घोष १०-१० वटा छक्काको साथ संयुक्त रूपले दोस्रो स्थानमा रहिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *