डाबर च्यवनप्राशले सिलगढीमा शुरु गर्यो परीक्षाको तनाव कम गर्न ‘परीक्षा समय, डाबर च्यवनप्राश समय’ अभियान

IMG-20240315-WA0257

सिलगढी: आयुर्वेदिक कल्याणमा प्रख्यात ब्राण्ड डाबरले आफ्नो नयाँ अभियान ‘परीक्षा समय, डाबर च्यवनप्राश समय’ शुरु गर्ने घोषणा गरेको छ। यस अभियानको मुख्य उद्देश्य परीक्षाको तयारीका क्रममा विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्य सुनिश्चित गर्नु रहेको छ। कार्यक्रम ग्रीन स्प्राउट बोर्डिङ स्कूल, बागडोगरा, सिलगढीका विद्यार्थीहरूसँग आयोजना गरिएको थियो।

डाबर इण्डिया लिमिटेडका कर्पोरेट कम्युनिकेसन्स प्रबन्धक दिनेश कुमारले भने, ‘परीक्षाको तयारीका क्रममा विद्यार्थीहरूले प्रायः शारीरिक थकान र मानसिक तनाव महसुस गर्छन् भन्ने कुरा सबैलाई थाहा छ। चिन्ताको कारण, उनीहरूमा एकाग्रताको कमी हुन्छ, जसले उनीहरूको शैक्षिक प्रदर्शनलाई असर गर्नसक्छ। प्रख्यात आयुर्वेदिक स्वास्थ्य पूरक डाबर च्यवनप्राश विद्यार्थीहरूको यी समस्याहरू समाधान गर्न धेरै प्रभावकारी छ। अमला, गुडुची र अश्वगन्धा जस्ता परम्परागत आयुर्वेदिक जडीबुटीबाट बनेको डाबर च्यवनप्राशले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, स्मरणशक्ति तेज गर्छ, एकाग्रता बढाउँछ र दिमागलाई शान्त बनाउँछl’

दिनेश कुमारले थपे, ‘आयुर्वेदका सिद्धान्तहरूमा आधारित ब्राण्ड भएकाले परीक्षाको कठिन समयमा विद्यार्थीहरूको हित सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण छ भन्ने कुरा हामीले बुझेका छौं। हाम्रो नयाँ अभियानले स्वास्थ्य सप्लिमेन्ट डाबर च्यवनप्राशले रोग प्रतिरोधात्मक क्षमता मात्र बढाउँदैन तर स्मरणशक्ति र एकाग्रता पनि बढाउँछ भन्ने कुरालाई प्रकाश पार्छl अभियानले दर्शकहरूलाई डाबर च्यवनप्राशको विज्ञान जीवनका विभिन्न अवसरहरूमा लागू हुने कुरा बताउँछ। परीक्षाको तनावपूर्ण अवधिमा विद्यार्थीहरूको आवश्यकता पूरा गर्न, डाबर च्यवनप्राशले उनीहरूलाई शान्त मनका साथ परीक्षा दिन र राम्रो प्रदर्शन गर्न सकोस् भनेर उनीहरूको कल्याण सुनिश्चित गर्ने लक्ष्य राखेको छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *