आसाङथाङका कृषकहरूलाई मौरी पालन समवन्धि तालिम प्रदान गरियो

Mahuri.jpg

गान्तोक। दक्षिण जिल्लाको पोकलोक कामराङ समष्टि अन्तर्गत आसाङथाङ जीपीयूमा मौरी पालन सम्बन्धि एक दिवसीय तालिम कार्यक्रम सम्पन्न भयो। राज्य सरकारको किसान कल्याण बोर्ड अध्यक्ष फुर्देन लेप्चाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आसाङथाङ साम्बोङ जीपीयूका पञ्चायतगण, पोक्लोक कामराङ समष्टिका युवा संयोजक रेखिमान तामाङ लगायत प्रगतिशील कृषकहरूको सहभागिता रहेको थियो। प्राप्त जानकारी अनुसार तालिम पछि सोसाइटीले इच्छुक कृषकहरूलाई मौरी उपलब्ध गराउने छ भने यसबाट उत्पादन भएको महको बजारीकरण पनि सोसाइटीले नै गर्ने भएको छ। उल्लेखनीय छ,सिक्किममा हाल कृषि,बागवाणी र पशुपालनको क्षेत्रमा निरन्तर विकास भइरहेको छ भने वर्तमान सरकारले मौरी पालनलाई पनि प्राथमिकता दिँदै आएको र अहिलेसम्म सिक्किमका विभिन्न भेगका प्रगतिशील कृषकहरूले यस सम्बन्धि विभिन्न लाभ उठाइसकेका छन्। पोक्लोक कामराङ समष्टिमा आयोजना भएको तालिमबाट धेरै संख्यामा कृषकहरूले लाभ उठाए भने मौरी सम्बन्धि एक नौलो तालिम दिएर आफूहरूलाई यस प्रति उत्साहित गरेकोमा सिक्किम सरकार अनि सम्बन्धित विभाग प्रति उनीहरूले कृतज्ञता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement