खरसाङ: खरसाङमा जिल्ला स्वास्थ्य मिशन दार्जीलिङ र खरसाङ नगरपालिकाको संयुक्त आयोजनामा स्वस्थ्य सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा मानिसहरूलाई स्वस्थ सम्बन्धी विभिन्न विषयहरूमा जनचेतना जगाइएको छ। खरसाङ नगरपालिका (अर्बन लोकल बडी) अनि न्यासनल अर्बन हेल्थ मिसन को संयुक्त रूपमा “अर्बन प्राइमेरी हेल्थ सेन्टर ” एवं जनहितमा स्वस्थ्य विषय लिएर आशाकर्मी अनि हेल्थ वर्करहरूको दायित्व कस्तो रहन्छ भन्ने उद्देश्य लिएर खरसाङको एक होटलमा कार्यक्रम सम्पन्न गरियो। न्यासनल अर्बन हेल्थ मिसन जिल्ला प्रोग्राम म्यानेजर प्रतिभा राईद्वारा विस्तृत विवरण एव जानकारी गराइयो भने उक कार्यक्रममा खरसाङ नगराध्यक्ष ब्रिगेन गुरूङ, खरसाङ महकुमा अस्पतालको महकुमा स्वास्थ्य अधिकारी डा. रूबी मण्डल, रोगी कल्याण समितिको अध्यक्ष दिवस छेत्री, खरसाङ नगर – उपाध्यक्ष सुवास प्रधान, खरसाङ नगरपालिका एफओ, जिल्ला अस्पतालको डेपुटी सीएमओएच साथै आशाकर्मी अनि हेल्थ वर्करहरूको उपस्थिति रहेका थिए।

यस जनचेतना कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।








