तीनधारेमा भेटरेन क्लब र संयुक्त माध्यमिक शिक्षक संगठनको संयुक्त आयोजनामा स्वतन्त्रता दिवस समारोह हुने

IMG-20220802-WA0149.jpg

खरसाङ: यसपाली खरसाङ महकुमा अन्तर्गत तीनधारे क्षेत्रमा स्वतन्त्रता दिवस तीनधारे भेटरेन क्लब र संयुक्त माध्यमिक शिक्षक संगठनको संयुक्त आयोजनामा पालन गरिने भएको छ। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा संयुक्त माध्यमिक शिक्षक संगठन र तीनधारे भेटरेन क्लबको संयुक्त सभा वरिष्ठ फुटबल खेलाड़ी धर्मराज राणाको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा नै ययपाली तीनधारेमा ७५औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमहरूबीच सम्पन्न हुने भएको छ। गत दुई वर्ष कोरोना महामारीको कारणले स्वाधीनता दिवस पालन गर्न नसकेको र यसपाली तीनधारे क्षेत्रका चारवटा सरकारी हाई स्कूलहरू र दुईवटा निजी हाई स्कूलहरू साथै तीनधारे क्षेत्रका १० वटा जति प्राथमिक पाठशालाहरूलाई लिएर विभिन्न रंगारंग कार्यक्रम साथै विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरू आयोजना गर्दै पालन गरिने भएको छ। सभापछि स्वाधीनता दिवस पालन गर्ने विषयमा पत्रकारहरूसित कुराकानी गर्दै संयुक्त माध्यमिक शिक्षक संगठनका प्रवक्ता शिक्षक युवराज सुन्दासले यसपाली हामी तीनधारेमा संयुक्त माध्यमिक शिक्षक संगठन र तीनधारे भेटरेन क्लबको संयुक्त आयोजनामा ७५औं स्वाधीनता दिवस पालन गर्ने भएको बताउँदै यसपाली आजादीको अमृत महोत्सवको रूपमा स्वाधीनता दिवस पालन गर्दै विद्यार्थीहरूलाई लिएर विभिन्न सांस्कृतिक अनि प्रतियोगितामूलक कार्यक्रमहरूसितै पालन गर्ने भएको जानकारी गराएका छन्। उनले यसपाली तीनधारेको मिठाईडाँड़ास्थित खेल मैदानमा हुन लागेको ७५औं स्वाधीनता दिवस समारोहको लागि तीनधारे क्षेत्रका जनसाधारणले पनि पूर्ण साथ र सहयोग गर्ने कुरामा आशावादी रहेको पनि बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *