खरसाङ: आगामी लोकसभा चुनावलाई ध्यानमा राखेर खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे चुनाव कार्यालयकोे उदघाटन गरिएको छ। लोकसभा चुनावकोे अधिसूचना जारी हुनसाथ आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिकोे तत्वधानमा खरसाङकोे रेलवे स्टेशनक नजिक क्लर्क टावर बिल्डिङ्गमा विधिवत रूपमा खरसाङ चुनाव कार्यालयकोे हिन्दू धर्म अनुसार सर्वप्रथम साइत हेरेर पूजा गरियो। त्यस पश्चात् हिन्दु, इसाई, बौद्ध मुस्लिम धर्मका गुरूहरुको प्रार्थनाको साथ भागोप्रमो केन्द्रीय समितिका सांगठनिक सचिव रतन थापाकोे बाहुलीबाट रिबन काटेर उदघाटन गरियो। आजको यस उदघाटन कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय समिति नेतृत्वगण, खरसाङ महकुमा समितिका नेतृत्वगण, विभिन्न समष्टिका सभासदहरू, नेतृत्वगण तथा खरसाङ टाउन कमिटीका नेतृत्त्वगण साथै पार्टी कार्यकर्ताहरू उपस्थित रहेका थिए। चुनावी कार्यालय उदघाटन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सचिव एंव खरसाङ खण्ड चुनाव प्रभारी प्रणाम रसाइलीले विस्तृत रुपमा जानकारी गराएका छन्।









