कोलकातामा भवन भत्किँदा दुई जनाको मृत्यु, मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् दुर्घटनास्थलमा

Screenshot_20240318_123902_WhatsApp

कोलकाता: कोलकाताको गार्डेन रीच क्षेत्रमा अबेर राति निर्माणाधीन बिल्डिङको एक भाग भत्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा करिब २० जना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा शोक व्यक्त गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मृतक र घाइतेका परिवारलाई क्षतिपूर्ति दिइने बताएकी छन्। मुख्यमन्त्री पनि बिहानै टाउकोमा पट्टी बाँधेर घटनास्थल पुगिन्। गाडीबाट निस्केर सो क्षेत्रमा निरीक्षण गरिन्। मुख्यमन्त्रीसँग सुजित बोस, फिरहाद हाकिम, माला राया थिए। स्थानीयको गुनासो आएपछि उनले तत्काल कारबाही गर्ने आश्वासन दिइन्। त्यसपछि उनी साँघुरो बाटो हुँदै अस्पताल पुगिन्।

घटनास्थल पुगेपछि उनले भनिन्, ‘यो निकै बाक्लो क्षेत्र हो। मन्त्री रातभर यहीँ बसे। कतिपय प्रोमोटरले गैरकानुनी रुपमा घर निर्माण गरेका छन्। तर यो भन्दा पहिले यो उनीहरूको वरपरका मानिसहरूलाई हानि नहोस् भनेर सोच्न महत्त्वपूर्ण छ। यो बहुतले भवन प्रशासनको स्वीकृति लिएर बनेको छैन। अहिले रमजान महिना चलिरहेको छ। सबैजना व्रत बसेका छन्। यस क्षेत्रका मानिसहरु रातभरि उद्धार कार्यमा जुटेका छन्। स्वास्थ्य विभाग, दमकल विभाग, पुलिस र काउन्सिलरहरू रातभर खटिएका छन्। दुर्घटनामा ज्यान गुमाएका र घाइते भएका परिवारलाई क्षतिपूर्ति दिइनेछl संकटको यस घडीमा हामी पीडित परिवारको साथमा छौंl’

मुख्यमन्त्री ममता  ब्यानर्जीले भनिन्, ‘म यो दुर्घटनाबाट गहिरो स्तब्ध छु। दुई जनाको मृत्यु भएको छ। पाँच–छ जना फसेका छन्। एक जनाको खुट्टा अड्किएको छ। तर उनी जीवित छन्। उद्धारकर्मीलाई भित्र जान समय लाग्छl’ उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको बताइन्। ‘गैरकानुनी काम गर्नेलाई कारबाही गरिने छ। सरकार परिवारको साथमा उभिनेछ। जसका घरहरू भत्किएका छन् म उहरूलाई घर बनाउन आग्रह गर्नेछुl’ पुलिसका अनुसार मृत्यु हुनेमा ४७ वर्षीया सम बेगम र ५५ वर्षीया हसिना खातुन रहेका छन्। घाइते १० जना स्थानीय नर्सिङ होममा, ५ जना एसएसकेएम अस्पतालमा भर्ना रहेको प्रहरीले जनाएको छ। उद्धार टोलीले भग्नावशेषबाट धेरैलाई सकुशल उद्धार गरेको छ। सोमबार राति करिब १२:१० बजे गार्डेन रिच क्षेत्रमा निर्माणाधीन पाँच तले भवनको केही भाग छेउछाउको बस्तीमा खसेको पुलिसले जनाएको छ। पुलिसको टोली तुरुन्तै घटनास्थल पुगेको थियो। राज्य विपद व्यवस्थापन र दमकलको टोलीले उद्दार कार्य थाले। १० जना घाइतेलाई बाहिर निकालेर अस्पताल लगिएको थियो। अन्धकार र कम ठाउँका कारण बिहानै उद्धार कार्यमा कठिनाइ भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *