५/८ गोर्खा राइफल्स (शिर्मोर राइफल्स) को स्थापना दिवस भव्य रुपमा सम्पन्न

IMG-20240318-WA0127-1

सकुना: १५ मार्च १९४१ मा स्थापना भएको पल्टन ५/८ गोर्खा राइफल्स (शिर्मोर राइफल्स) को दार्जीलिङ जिल्लाका भूतपूर्व सैनिक, वीर नारी, परिवारहरुको बाक्लो उपस्थिति तथा हर्कमान सुब्बाको प्रमुख आतिथ्य, पी के श्रेष्ठ, सामाजिक कार्यकर्ता सुरेन प्रधान (नथाक्ने घोडा), वाङ्डी गुरुङ, भर्खरै अवकाश ग्रहण गरेका अर्जुन शेर्पा, जून १९८६ मा अवकाश ग्रहण गरेका टुक बहादुर गुरुङ, वीर नारी प्रज्ञा छेत्री, प्रेमकुमार गुरुङ आदिको उपस्थितिमा खप्रेल फुलबारी समाज घरमा १७ मार्च (आइतबार)मा पल्टनको ८३औं स्थापना दिवस भव्य  रुपमा पालन गरियो।  हर्कमान सुब्बा, वीर नारी प्रज्ञा छेत्रीको बाहुलीबाट केक काटेर कार्यक्रम शुभारम्भ गरियो। धिरज गुरुङले संचालन गरेको कार्यक्रममा राजु गुरुङले स्वागत सम्भाषण राखे।

सुरेन प्रधानले आफ्नो सम्बोधनमा उपस्थित सबै सबैलाई पल्टनको ८३औं  स्थापना दिवसको शुभकामना जनाउँदै आजसम्म गरेको स्थापना दिवस पालनमा यो सबै भन्दा भएको र यस्तो बाक्लो संख्यामा भूतपूर्व सैनिक, वीर नारी अनि परिवारहरूको उपस्थिति कहिले नदेखेको बताएl यसको श्रेय पी के श्रेष्ठ, राजु गुरुङ, सुरेन गुरुङ र धिरज गुरुङलाई दिएl ‘आजदेखि पल्टनबाट अवकाश ग्रहण गरेर आएका सबैलाई समेटेर एउटा संगठन बनाउने र मासिक शुल्कको रूपमा एक सय रूपमा अनिवार्य रूपमा जम्मा गर्ने अनि हाम्रो परिवारको दु:ख अनि सुखमा हामी उभिनु पर्छ’, उनले भने।  हर्कमान सुब्बालेले आफ्नो सम्बोधनमा सुरेन प्रधानले राखेको प्रस्तावलाई समर्थन जनाए।

कार्यक्रममा वीर नारी श्रीमती प्रज्ञा छेत्रीलाई हर्कमा सुब्बाको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरियो भने राजु गुरुङले पल्टनमा छँदा देखाएको बहादुरीका साथ आतंकवादीलाई जिउँदै पक्रेर कतिपय गोप्य खबर बटुल्न सफल बनेको कारण उनलाई आर्मी बाट सेना मेडल प्रदान गरिएको थियोl उनको यसै बहादुरीलाई कदर गर्दै  सुरेन प्रधानको बाहुलीबाट सम्बर्धना पत्र प्रदान गरियो।  त्यसरी नै बेटल क्याजुल्टी पी के श्रेष्ठले आफ्नो कार्यकालमा छँदा आतंकवालाई मार्दै आफ्नो एउटा खुट्टा गुमाएl उनलाई पनि बहादुरीको कदर गर्दै सम्बर्धना जनायोl उक्त सम्बर्धना पत्र वाङ्डी गुरुङको बाहुलीबाट प्रदान गरियो भने वयोवृद्ध भूतपूर्व सैनिकको रूपमा टुक बहादुर गुरुङलाई पनि सम्मान जनाइयो, उनी जून जुन १९८६ मा सेवानिवृत्त भएका थिए। यसबारेमा भूतपूर्व सैनिक ५/८ जीआरका सुरेन  प्रधानले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्l

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *