खरसाङमा पहिलो कविश्री प्रतियोगिता शुरु

IMG-20240317-WA0176.jpg

फाइनलको लागि छजना कविहरू चयन

खरसाङ: खरसाङको एक लोकल च्यानल नमस्ते खरसाङको आयोजनामा सम्पन्न कविता वाचन प्रतियोगिता कविश्री-सिजन एकको पहिलो छनोट कार्यक्रम सम्पन्न भएको छ। खरसाङको गोर्खा जनपुस्ताकालयस्थित डा पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न उक्त कविश्री प्रतियोगिता कार्यक्रमलाई पत्रकार सुवास छेत्री”भावुक”द्वारा सञ्चालन गरिएको थियो। यस प्रथम अडिसनमा निर्णयकको रूपमा प्राध्यापक तथा समीक्षक डा योगेश खाती, कवि, गजलगो तथा युवा साहित्य पुरस्कार प्रापक सञ्जीव छेत्री अनि कवि, गजलगो दिपक ठटाल थिए। सरस्वती माताको प्रतिमामा यस प्रतियोगिताका सल्लाहकार समितिका सदस्यहरू विनोद रसाइली, प्रकाश प्रधान अनि दिपक ठटालको बाहुलीबाट धूप-दीप प्रज्वलन गरिएको यस छनोट कार्यक्रममा मोठ छजना प्रतियोगीहरूले आफ्नो प्रस्तुति दिएका थिए। प्रतियोगितामा पच्चीसभन्दा अधिकले आफ्नो रचना अनि स्वर परीक्षणको निम्ति पटाएका थिए, तर अन्त्यमा छनोट भएर आठजना स्टेज अडिसनको निम्ति आइपुगेका थिए। तर उनीहरूमध्ये दुइजना अनुपस्थित रहेकोले छजना क्रमैले सोनादा, जोरखोलाका बुद्ध राई, नरबुङ तीनधारेकी कल्पना देवान, प्लेन लाइन, लङ्भ्यूकी छोइसाङ लामा, मिडल मामरिङ, सिटोङकी रोमिसा भुजेल, रेसेप बजार, मङ्पूका सन्दीप दियाली अनि महानदीका धिरज छेत्रीले प्रस्तुति दिएका थिए। यस प्रतियोगिताबाट फाइनलको निम्ति केवल पाँचजना मात्र छनोट हुनुपर्ने भए तापनि निर्णायकहरूले छजनालाई नै फाइनलको निम्ति लैजाने निर्णय लिएको फलस्वरूप सबै छजना प्रतियोगीहरू फाइनलमा प्रवेश गरेका छन्। फाइनल आगामी 7 अप्रेलमा हुनेछ। आजको यस छनोट कार्यक्रममा स्वागत सम्बोधन अनि प्रतियोगिताको नियमवाली कवि विनोद रसाइलीले राखे भने सल्लाहकार समितिका सदस्य प्रकाश प्रधानले प्रतियोगिताबारे आफ्नो संक्षिप्त विचार राखे। कार्यक्रममा नमस्ते खरसाङ च्यानलका प्रबन्ध निर्देशक निर्मल गुरूङले नमस्ते खरसाङ च्यानलले यसअघि नृत्य प्रतियोगिता अनि त्यसपछि गायन प्रतियोगिता आयोजना गरिसकेको जनाउँदै यसपल्ट कविता आवृत्ति प्रतियोगिता गर्ने सोच राखेर यो कार्यक्रम आयोजना गरिएको बताए। उनले अब अर्को प्रतियोगिता नाटक विधालाई लिएर गरिने जानकारी दिँदै यस प्रतियोगितामा सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *