पाकिस्तानको प्रशिक्षक बन्न राजी भएनन् वाट्सन र सेमी

IMG-20240317-WA0198.jpg

कराची: पाकिस्तान पुरुष क्रिकेट टीमको मुख्य प्रशिक्षक बन्ने प्रस्तावलाई अष्ट्रेलियाका पूर्व अलराउण्डर शेन वाट्सन र वेष्ट इण्डिजका पूर्व कप्तान डेरेन सेमीले नकारेका छन्। यसरी पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-को विदेशी प्रशिक्षक खोज्ने अभियान जारी रहनेछ। सेमीले उनी वेष्ट इण्डिज क्रिकेट बोर्डसँग सीमित ओभरहरूका प्रारूपको निम्ति टीमका मुख्य प्रशिक्षकको रूपमा अनुबन्धित रहेको पीसीबी-लाई बताएका छन्। यसरी पीसीबी-सँग उनको प्रस्तावित वेतनको खुलासा पाकिस्तानी मीडिया र सोशल मीडियामा हुँदा वाट्सन रिसाएका छन्। पीसीबी- को प्रस्तावलाई खारेज गरी उनी शनिवार राति स्वदेश फर्किएका छन्। पाकिस्तान सुपर लीग (पीएसएल)-को अवधि कराचीमा पीसीबी-का अधिकारीहरूले वाट्सनलाई राष्ट्रिय टीमका मुख्य प्रशिक्षक बन्ने प्रस्ताव दिएका थिए। वाटसनले शुरुवातमा चासो देखाएर पीसीबी समक्ष केही वित्तीय र अन्य शर्तहरू राखेका थिए। बोर्डले उनको अधिकांश मागलाई नै स्वीकार पनि गरेको थियो तर पछिबाट अष्ट्रेलियाई खेलाड़ीको प्रस्तावित प्याकेज विवरण पाकिस्तानी मीडिया र सोशल मीडियामा लीक भयो। यसैकारण वाट्सन रिसाएर स्वदेश फर्किएका छन्। पीसीबी वाट्सनलाई वार्षिक दुई मिलियन डलर (लगभग १६.६० करोड़ भारतीय रुपियाँ)-को भुक्तान गर्न राजी भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *