अश्विन असाधारण क्रिकेटर हुन्ः गावस्कर

IMG-20240317-WA0193.jpg

चेन्नई: पूर्व कप्तान सुनिल गावस्कर र के. श्रीकान्तले रविचन्द्रन अश्विनलाई असाधारण क्रिकेटर बताउँदै उनले आफ्नो अटल आत्मविश्वास र बीसीसीआई-का पूर्व अध्यक्ष एन श्रीनिवासनको समर्थनले गर्दा अहिले इतिहास रचेको बताए। सयवटा टेस्ट म्याच खेलेकोमा अनि ५०० टेस्ट विकेटको विशेष उपलब्धिसम्म पुगेकोमा तमिलनाडु क्रिकेट संघ (टीएनसीए)-ले शनिवार अश्विनलाई उनको परिवारको साथमा सम्मानित गऱ्यो। यस अवसर उपस्थित श्रीकान्तले भने, अश्विनले १०० टेस्ट म्याच खेलेर ५०० विकेट हासिल गरेकोमा एकैजना व्यक्ति जिम्मेवार छन्, जो यहाँ मुथ्य अतिथि (एन श्रीनिवासन) को आसनमा आसीन छन्। यो अश्विनको असाधारण उपलब्धि हो। उनलाई आफ्नो क्षमतामाथि भरोसा छ अनि यही उनको सफलताको मुख्य कारण हो। महान क्रिकेटर गावस्करले पनि भारतीय अफ् स्पिनरको प्रशंसा गर्दै उनलाई असाधारण क्रिकेटर बताए। गावस्करले भने, म अश्विनलाई १०० वटा टेस्ट र ५०० टेस्ट विकेटको विशेष उपलब्धिको निम्ति बधाई दिन चाहन्छु। खेलको सबै प्रारूपमा उनको करियर असाधारण रहेको छ। विशेषगरी टेस्टमा उनी अविश्वसनीय खेलाड़ी हुन्। उनलाई भविष्यको निम्ति शुभकामना। अश्विन अहिले आफ्नो टोली राजस्थान रोयल्सको साथ इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-को तयारीमा जुटेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *