आगामी चुनाउलाई लिएर एसकेएम-ले गठन गऱ्यो संसदीय समिति

IMG-20240317-WA0191.jpg

गान्तोक: राज्यमा केयरटेकर सरकार चलाइरहेको सिक्किम क्रान्तिकारी मोर्चाले आगामी १९ अप्रेलको दिन सम्पन्न हुने ११औं सिक्किम विधानसभा चुनाउ र १८औं लोकसभा चुनाउलाई लिएर संसदीय समिति गठन गरेको छ। आज गठन गरिएको यस समितिमा पार्टी अध्यक्ष तथा केयरटेकर मुख्यमन्त्री प्रेम संह तामाङलगायत जम्मा नौजना सदस्य रहेका छन्। समितिका अन्य सदस्यहरूमा कुङ्गा निमा लेप्चा, अरुण कुमार उप्रेती, सोनाम लामा, बेदु सिंह पन्त, भोजराज राई, रणबहादुर सुब्बा, श्रीमती तिला देवी गुरुङ र श्रीमती देवी माया प्रधान रहेका छन्। यसै समितिले आगामी चुनाउमा पार्टीका उम्मेद्वारहरूको चयन गर्नेछ। उल्लेखनीय छ, २०१९को चुनाउमा एसकेएम पार्टीको संसदीय समितिका प्रमुख नामहरूमा श्रीमती कला राई, सीएल डेञ्जोङ्गपा र टीएन ढकाल सामेल थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *