रन विद् स्मिट-मा प्रिया पहिलो स्थानमा

IMG-20240317-WA0185.jpg

सिलगढ़ी: लामो दूरीकी धाविका प्रिया छेत्रीले अझ एउटा सफलता हासिल गरेकी छन्। सिलगढ़ी नजिक खोलाचन्द फाप्री निवासी प्रियाले यसपाली रन विद् स्मिट (सिक्किम मणिपाल इन्स्टीट्यूट अव् टेक्नोलजी) फर हेल्दी माइण्ड एण्ड बडी दौड़को ५ किलोमीटर खुल्ला वर्गमा दगुर्दै पहिलो स्थान हासिल गरिन्।

सिक्किमको माझीटारमा १.५ लाख रुपियाँभन्दा अधिकको पुरस्कार राशि भएको यस आयोजनमा प्रियाले आफ्नो स्पर्धामा २० मिनट १७ सेकेण्डको समयमा दौड़ पूरा गरी पोडियममा शीर्ष स्थान हासिल गरिन्।

उनलाई ट्रफीको साथमा ७ हजार रुपियाँको नगद पुरस्कार पनि प्रदान गरियो। दौड़ जितेपछि प्रियाले भनिन्, यस सफलताले मलाई आउँदो दौड़हरूको निम्ति प्रेरणा र प्रोत्साहन प्राप्त हुनेछ।

About Author

Advertisement