आइपीएलको निम्ति काेलकत्ता पुगे श्रेयस अय्यर

IMG-20240317-WA0182.jpg

काेलकत्ता: इण्डियन प्रीमियर लीग (आईपीएल)-को आउँदो सीजन अघि काेलकत्ता नाइट राइडर्स (केकेआर)-का कप्तान श्रेयस अय्यर टीमको कोचिंग क्याम्पमा सामेल भएका छन्। ढाड़को चोटले गर्दा श्रेयस आईपीएलको शुरुवाती म्याचहरूबाट बाहिर हुने सम्भावना देखिएको थियो तर अहिले उनलाई फिट देखिएको छ। कप्तान श्रेयस शहरमा आएको खबर केकेआर-ले सोशल मीडियाको माध्यमले दिएको छ। आईपीएल २०२४-मा केकेआर-ले आफ्नो अभियानको शुरुवात २३ मार्चमा सनराइजर्स हैदराबाद विरुद्ध गर्नेछ। ढाड़को चोटले गर्दा नै यस २९ वर्षीय ब्याटरले गत वर्ष आईपीएलमा हिस्सा लिन सकेका थिएनन्। त्यसपछि उनी गत वर्ष सेप्टेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका थिए तर उनलाई चोटले सताउन जारी राख्यो। उनले ईंग्ल्याण्ड विरुद्ध पहिलो दुईवटा टेस्ट म्याचमा हिस्सा लिएका थिए तर ढाड़को चोट बल्झिँदा उनलाई अन्तिम तीनवटा टेस्टको निम्ति टीममा स्थान दिइएन। त्यसपछि उनी राष्ट्रिय टीमबाट बाहिर रहेका छन्। श्रेयसले मुम्बईको तर्फबाट हालै रणजी ट्रफीको सेमिफाइनल र फाइनल म्याचमा हिस्सा लिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *