सिलगढी: माटिगडा थानाले एक महिनापछि चोरी मुद्दामा दुई चोरलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको नाम मोहम्मद फिरोज र मोहम्मद मोती रहेका छन्। स्रोतका अनुसार तुलसीनगर इलाकामा सरकारी आयोजनाअन्तर्गत तीनवटा टोटो कार्यरत थिए। सो अवधिमा टोटोको ब्याट्री, मोटर र सरकारी आयोजनाका केही सामान चोरी भएको थियो। उजुरीका आधारमा माटिगरा पुलिस थानाले घटनाको अनुसन्धान थालेको थियो। यसै क्रममा मोहम्मद फिरोजले चोरी गरेको पुलिसलाई थाहा भयो। त्यसपछि पुलिसले उनको खोजी सुरु गरेको थियो। त्यसपछि फिरोजलाई गएराति तुलसीनगरबाट पक्राउ गरिएको हो। आरोपितलाई सोधपुछ गरेपछि पुलिसले झंकरमोडस्थित भंगार पसलका सञ्चालक मोहम्मद मोतीलाई पक्राउ गरेको हो। पुलिसले दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेको छ। त्यसपछि न्यायाधीशले दुवै अभियुक्तलाई ५ दिनको हिरासतमा राख्न निर्देशन दिएका थिए। पुलिसले थप कारबाही सुरु गरेको छ।