सिलगढी: जङ्क्शन टाउन जीआरपीले सिक्किम महानन्दा एक्सप्रेसबाट गाँजा सहित एकजना व्यक्तिलाई पक्राउ गर्यो।पक्राउपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिको नाम कचीदुल शेख (४८) बताइएको छ। तिनी दिनहाटा निवासी हुन्। जीआरपी सूत्रले दिएको जानकारी अनुसार जङ्क्शन रेलवे स्टेशनको प्लेटफार्म नम्बर तीनमा सुरक्षाको दृष्टिकोणले जीआरपीले सिक्किम महानन्दा एक्सप्रेस ट्रेनमा चेकिङ अभियान चलाउँदा जङ्क्शन टाउन जीआरपीले एउटा संदिग्ध ब्यागबाट लगभग १३ किलो गाँजा उद्धार गर्नको साथै ब्यागको मालिक कचीदुल शेखलाई पनि पक्राउ गरेको बताइएको छ।