सिलगढी: पानीट्याङ्की आउटपोस्ट पुलिसले २४ घण्टाको अवधिमा चोरी गरेको समान सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम एमडी राकेश (२०) बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति गौरीशङ्कर मार्केटमा चोरीको घटना घटेको थियो। चोरले लगभग ५० हजार रुपियाँको भाडाकुडा र मोबाइल चोरी गरेपछि घटनाबारे पानीट्याङ्की आउटपोस्टमा मामिला दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले सन्देहको आधारमा एमडी राकेश नाम गरेका एकजना युवकलाई हिरासतमा लिएर सोधखोज गर्दा तिनले चोरी गरेको कुरा स्वीकारे। यसपछि पुलिसले चोरी गरेको सामग्री पनि उद्धार गरेको छ।









