सन्देशखाली फेरि तातियो

00-1-Rajya-Samachar

तीन तृणमूल नेताहरूलाई पक्राउ गर्नु पर्ने माग

काेलकाता: आइतवार एकपल्ट फेरि सन्देशखालीमा जनाउको माहोल सृजना भयो। तीन तृणमूल नेताहरूलाई पक्राउ गर्नु पर्ने मागलाई लिएर ग्रामीणहरूले सन्देशखालीमा विरोध प्रदर्शन गरे।

तीन तृणमूल नेताहरूमा ग्राम पंचायत नम्बर दुईका प्रधान हाजी सिद्दीकी मोल्ला, तृणमूल नेता हशम मोल्ला र जुल्फिकार मोल्ला रहेका छन्। उनीहरूमाथि जमीन कब्जा गरेको र जन साधारणमाथि अत्याचार गरेको आरोप छ।

पक्राउको मागलाई लिएर ग्रामीणहरूको एक समूहले सन्देशखालीको बेडमजुर गाउॅंको बजार चौकमा टायरमा आगो लगाएर विरोध प्रदर्शन गरे।

उल्लेखनीय छ, सन्देशखाली मामिलामा शेख शाहजहॉं र उनका भाई आलमगीरलाई अगावै पक्राउ गरिएको छ।

About Author

Advertisement