२०२४ को लोकसभा चुनावमा स्वतन्त्र रुपमा लड्ने भाजपाका दुई विधायकको चेतावनी

BP-Bajgain-Niraj-Zimba

सिलगढी: दार्जीलिङ लोकसभा समष्टिमा भाजपा दुई विद्यायकले यस लोकसभा चुनावमा स्वतन्त्र रूपमा लड्ने चेतावनी दिएका छन्। भाजपाले सांसद राजु बिष्टलाई यसपाली टिकट नदिए भाजपाका खरसाङ  विधानसभा समष्टिका विधायक नीरज जिम्बाले स्वतन्त्र उम्मेद्वारको रूपमा चुनाव लड्ने चेतावनी दिएका छन्। आउँदो महिना  ६ अप्रेलमा दार्जीलिङ लोकसभा समष्टिमा सात चरणको निर्वाचनको दोस्रो चरणमा मतदान हुँदैछ। यस्तै खरसाङ विधानसभा समष्टिका भाजपाकाका विधायक बी पी बजगाईं भाजपाबाट बाहिरका व्यक्तिलाई टिकट दिएमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्न चाहेका छन्। ‘म दृढ संकल्पका साथ घोषणा गर्दछु कि यदि भाजपाको केन्द्रीय नेतृत्वले दार्जीलिङ लोकसभा क्षेत्रबाट राजु विष्टलाई पुन: उम्मेदवारी नदिए म यस निर्णयको विरोधमा स्वतन्त्र रूपमा उम्मेदवारको रूपमा उम्मेदवारी दिनेछु। चुनाव लड्नु भन्दा अर्को विकल्प छैन’, भन्ने जिम्बाको बयान संचारमाध्यममा आएको छl   

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *