राज्यमा चुनाउ शान्तिपूर्ण गराउन आयोग तयार रहेको मुख्य निर्वाचन अधिकारीको भनाई

IMG-20240317-WA0187.jpg

गान्तोक: भारतको चुनाउ आयोगले सिक्किम विधानसभाको चुनाउको मतगणनाको मितिमा संशोधन गरेको छ। आगामी १९ अप्रेलमा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउको मतगणना २ जूनमा सम्पन्न हुनेछ भने लोकसभा चुनाउको मतगणना ४ जूनमा नै हुनेछ।

राज्यका मुख्य निर्वाचन अधिकारी डी. आनंदनले आज आयोजित एक पत्रकार सम्मेलनको उक्त जानकारी गराएका हुन्। यो सँगै पत्रकार सम्मेलनमा विधानसभा अनि लोकसभा चुनाउ सम्बन्धमा विभिन्न दिशानिर्देशन अनि अन्य जानकारीहरु सार्वजनिक गरिएको छ।

सिक्किमका वर्तमान मतदाताहरुको संख्या ४,६३,९२९ रहेको छ, जसमा २,३२,३८१ पुरुष, २,३१,५४५ महिला रहेका छन्। यसैगरी, ३ जना तेश्रोलिङ्गी रहेका छ्न्।

सिक्किमका छवटै जिल्लामा कूल ५७३ मतदान केन्द्र स्थापित गरिने छ, जसमा सबैभन्दा उच्च ठाउँमा रहेको मतदान केन्द्र नाथाङ माचोङ समष्टिको टेकु प्रथिमक पाठशाला रहेको छ। विधानसभाका एकजना प्रार्थीले अधिकतम 28 लाखसम्म खर्च गर्न पाउनेछन् भने निर्वाचन आयोगले प्रत्येक कुरालाई निगरानी गर्नको निम्ति सबै कुराको परिचालन गरिसकेको पनि उनले जानकारी गराए।

छवटै जिल्लाको निम्ति छ भिन्न भिन्नै स्ट्रङ रूम अनि मतगणना केन्द्रको निर्माण गरिएको बताउँदै उनले गान्तोक जिल्लाको निम्ति डाइट कलेज बुर्तुक, गेजिङ जिल्लाको निम्ति क्योङसा कन्या विद्यालय, सोरेङ जिल्लाको निम्ति बी.एड सरकारी महाविद्यालय, नाम्ची जिल्लाको निम्ति कामराङ सरकारी महाविद्यालय, पाक्योङ जिल्लाको निम्ति डिकलिङ सरकारी विद्यालय अनि मंगन जिल्लाको निम्ति जिल्ला प्रशनिक केन्द्र, पेन्टोक रहेको छ।

सिक्किममा शान्तिपूर्वक चुनाउ आयोजन गर्नको निम्ति चुनाउ आयोगले आवश्यक सम्पूर्ण तयारीहरु पूरा गरिसकेको पनि मुख्य चुनाव अधिकारी डी. आनंदनले जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement