तीनधारे: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा घैयाबारीस्थित पार्टी कार्यालयमा क्षेत्रीय सभासद नवराज छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभालाई तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको २२ वटै बुथहरुमा शाखा प्रशाखा कमिटीहरू गठन विषयमा रिपोर्ट समष्टी सभापति राजीव थापाले विस्तृत रूपमा प्रस्तुत गरेका थिए। सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, महकुमा सचिव एंव खरसाङ खण्ड चुनाव प्रभारी प्रणाम रसाइली, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई र सचिव सञ्जीव मंगर, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, तीनधारे महानदी समष्टिको चारवटा ग्राम पञ्चायतहरूमा तीनवटा ग्राम पञ्चायतहरूका पञ्चायत प्रधानहरू आदिले सांगठनिक गतिविधि र चुनाव विषयमा वक्तव्य राखेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक गतिविधि र क्रियाकलापहरू साथै चुनावी क्रियाकलाप विषयमा वक्तव्य राखेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको पदाधिकारीहरू, विभिन्न ग्राम पञ्चायतहरूका पञ्चायत प्रधानहरू, उप प्रधानहरू, पञ्चायत समिति सदस्यहरू, पञ्चायत सदस्यहरू पनि उपस्थित रहेका थिए। सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रूपमा जानकारी गराएका छन्।