सोनादा: चौथो बटालियन आठौं गोर्खा राईफल्सको ८३औं राईजिङ डे साथै चौथो बटालियन आठौं गोर्खा राईफल्स भूतपूर्व सैनिक एसोसिएशन दार्जिलिङको दोस्रो स्थापना दिवस सम्पन्न भएको छ। उक्त कार्यक्रम रंगबुलको साट्ठी पुलस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुबेदार अननेरी क्याप्टन देवकुमार तामाङ उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा सुबेदार मेजर अननेरी क्याप्टन राजेन्द्र राई, सुबेदार अननेरी क्याप्टन बिदाई गुरुङ उपस्थित रहेका थिए। कार्यक्रमलाई सुबेदार प्रकाश गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रममा एसोसिएशनका सदस्यहरूले नृत्य प्रस्तुत गरेका थिए। दार्जीलिङ, कालेबुङ, मिरिक, सिलगढी, जलपाईगढी आदि क्षेत्रका सदस्यहरू मिलेर य कार्यक्रम आयोजना गरेका छन् भने यस एसोसिएशनक स्थापना २०२३ को १५ मार्चमा स्थापना भएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै चौथो बटालियन आठौं गोर्खा राईफल्स भूतपूर्व सैनिक संगठनको सचिव सुबेदार सत्यम घलेले चौथो बटालियन आठौं गोर्खा राईफल्सको भूतपूर्व सैनिकहरू एका अर्कामा भेटघाट र भलाकुसारी गर्न साथै पल्टनको दिनहरू सम्झना गर्नलाई यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्। उनले संगठनको सदस्यहरूको नानीहरूले उच्च अंक ल्याएर परीक्षा उत्तीर्ण गरेको खण्डमा हामी सम्मान र सहयोग गर्ने पनि बताएका छन् ।