खरसाङ: आज २८ नम्बर समष्टि अन्तर्गत वार्ड नम्बर ८ शितलु बस्तीमा वार्ड नम्बर ८ काे नारी शक्ति साथै नारी संगठनद्वारा सर सफाई कार्यक्रमकाे आयोजना गरिएको थियो। शितलु बस्तीमा रहेको स्वतन्त्र नारी संगठनकाे खाली जमीनमा फोहोर मैला थुपार्ने स्थल बनाएकोले नारी संगठन समस्यामा परेको थियो। कारण उक्त स्थानमा उनीहरुले आफ्नो समाज भवन निर्माण गर्ने सोच राखेको थियो। यस विषयमा सभासद श्याम शेर्पासित सर सल्लाह गरेर नारीहरू सबै मिलेर सफाई कार्यक्रम गर्ने साथै नगरपालिकाकाे पनि सहयोग माग्ने सुझाव राखियो साथै उनले नगरपालिकाकाे सेनेटेरी ईन्स्पेक्टर रमेश सुब्बालाई जानकारी गराएर कर्मबन्धहरु उपलब्ध गराईदिनु भनिदिएको जानकारी गराएका छन्। आजको सफाई कार्यक्रममा धेरैजना नारीहरुले सहभागिता जनाएका थिए।

आजको कार्यक्रममा नारी शक्ति वार्ड नम्बर ८ काे अध्यक्षा चित्रकला लामा अनि स्वतन्त्र नारी संगठनक अध्यक्षा उमा प्रधानले सभासद, नगरपालिका, सहभागीता जनाउने सबै नारी सदस्याहरु, गाउँवासीलाई धन्यवाद दिएका छनि। यसको साथै यो कार्य आज मात्रै नभए भोलि पनि हुने जानकारी कोषाध्यक्षा रमाला सार्कीले जानकारी गराएकी थन्।