गेजिङ: गेजिङ जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा आइतवार अन्तिम चरणको समन्वय बैठक आयोजन गरियो। बैठकको अध्यक्षता अतिरिक्त जिल्लापाल खेमराज भट्टराई र एडीसी परी बिस्नोईले संयुक्त रूपमा गरेका थिए।
बैठकमा एडीसी भट्टराई र एडीसी बिस्नोईले कानून एवं व्यवस्था सुनिश्चित गर्न, चुनावी अनियमितता रोक्न र आदर्श आचार संहित उल्लंघन भएको खण्डमा तत्काल सम्बोधन गर्न सर्विलेन्स टीम, फ्लाइङ सर्विलेन्स टीम, स्टेटिक सर्विलेन्स टीम र भिडियो टीमको भूमिका र जिम्मेवारीहरूको बारेमा जानकारी गराए।
बैठकमा सहभागीहरूलाई सतर्कता बढाउन र स्वतन्त्र एवं निष्पक्ष चुनाउ आयोजन सुनिश्चित गर्न तोकिएको मानक सञ्चालन प्रोटोकलको बारेमा पनि जानकारी गराएइको थियो।