अलकायदाका आतङ्की अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिए

Al-Zawahiri

नयाँ दिल्ली: आतङ्की संगठन अलकायदाका आतङ्की अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन्। आइतबार अफगानिस्तानको राजधानी काबुलमा एक अपरेशनमा आतङ्की मारिएका हुन्। अमेरिकाका राष्ट्रपति जो बाइडनले मंगलवार यसको पुष्टि गर्दै भने, ‘न्याय भयो, अब आतङ्की नेता रहेनन्।’ मिस्र निवासी अलकायदाका आतङ्की अल जवाहिरीलाई ९/११ आतङ्की हमलाका मास्टरमाइण्ड मानिन्छ। अमेरिकाले उक्त आतङ्कीमाथि २५ मिलियन डलर पुरस्कार राखेको छ। जवाहिरी मारिएपछि अलकायदालाई लगभग ११ सालपछि सबैभन्दा ठूलो झटका लागेको छ। २०११ मा पाकिस्तानमा ओसामा बिन लादेनलाई अमेरिकाले मारेको थियो।

पहिला पनि जवाहिरीलाई मारिएको खबर आएको थियो, जुन पछि गएर निराधार प्रमाणित भयो। तर, यसपाली बाइडन प्रशासनले आधिकारिक रूपमा यसको पुष्टि गरेको छ। अमेरिकाले यो हमलामा अलकायदाका दुई प्रमुखलाई मार्न सफल बनेको छ। दुवैको खोजमा अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा आफ्नो सम्पूर्ण शक्ति लगाएको थियो। अमेरिकी सेनाले अफगानिस्तानमा तालिबानी सरकारलाई हटाएर लोकतान्त्रिक सरकार बनाए। लामो लड़ाईपछि अन्ततः अगस्त २०२१ मा अमेरिकी सेना अचानक अफगानिस्तान छोडेर फर्किएपछि फेरि तालिबान सरकारमा आएको छ।

About Author

Advertisement